इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा उपमहानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका बुधबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ। यससँगै जिल्लाका सबै १० वटै पालिकाहरू पूर्ण खोप सुनिश्चित भइसकेका छन्, जसले बागमती प्रदेशलाई पुनः पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्न नजिक पुर्‍याएको छ।

हेटौँडा उपमहानगरपालिकामा २२ वटा स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवा सञ्चालन हुँदै आएको छ। जनस्वास्थ्य निरीक्षक भोलानाथ चौंलागाईंका अनुसार खोप अभियानमा ९१ जना तालिमप्राप्त स्वास्थ्य स्वयंसेविका र ९१ वटा आमा समूह परिचालित छन्। ती स्वयंसेविकाहरूले ४३ ठाउँमा मासिक ६६ पटक खोप सेवा सञ्चालन गरिरहेका छन्।

पूर्ण खोप सुनिश्चित घोषणाका लागि नगरपालिकाले १६ महिनादेखि ५९ महिनासम्म उमेर समूहका बालबालिकालाई लक्षित गरी घर-घरमा पुगेर खोप अनुगमन गरेको हो। पछिल्लो सर्वेक्षणमा ७३ जना बालबालिकामा आंशिक खोप, २४२६ जनामा खोप प्रक्रिया जारी रहेको र एक जनामा खोप नलगाइएको तथ्यांक आएको छ। यो अभियानका लागि ५ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

पालिका घोषणासँगै यसको दिगोपनाका लागि मासिक रूपमा तथ्यांकको फाइल अध्ययन गरिनेछ। वैशाख महिनाभित्र छुटेका बालबालिकालाई समेत खोप सुनिश्चित गरिने जनाइएको छ। वडा तहको तथ्यांक पालिकाले प्रमाणीकरणका लागि परीक्षण गर्नेछ भने त्यसको पुष्टि जिल्ला स्वास्थ्य कार्यालयले क्रस चेक गरेर गर्नेछ।

हेटौँडाको सफलताको सन्देश प्रदेशस्तरमा फैलिएको छ। जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेपछि बागमती प्रदेशलाई पुनः पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारीमा रहेको जनस्वास्थ्य निरीक्षक चौंलागाईंले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क