इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा स्कूल अफ म्यानेजमेन्टले शिक्षाशास्त्र संकायमा निशुल्क पढाउने

हेटौँडा |  हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अन्तर्गत निशुल्क पठनपाठन सञ्चालन गर्ने भएको छ। शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निशुल्क पठनपाठनको व्यवस्था गर्न लागिएको म्यानेजमेन्टले जनाएको छ।

पछिल्लो समय दक्ष शिक्षक अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा निशुल्क पठनपाठनको व्यवस्था गर्ने निर्णय गरिएको हो।

आइतबार जारी विज्ञप्तिमा म्यानेजमेन्टले सीमित संख्यामा विद्यार्थी भर्ना गरी शिक्षाशास्त्र संकायमा नेपाली, अंग्रेजी र गणित विषयहरू पढाइने जानकारी दिएको छ। साथै, अध्ययनसँगै विद्यार्थीलाई शिक्षण अभ्यास गर्ने अवसरसमेत प्रदान गरिनेछ जसले व्यवहारिक दक्षता र शिक्षण क्षेत्रमा आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।

२०५२ सालमा स्थापना भएको हेटौँडा स्कूल अफ म्यानेजमेन्टले हाल कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, होटल म्यानेजमेन्ट तथा व्युटिसियन संकायमा पठनपाठन गर्दै आएको छ। साथै स्नातक तहमा बीआइएम, बीसीए र बीबीएस विषयहरूमा समेत शिक्षा प्रदान गर्दै आएको छ।

अघिल्लो समय मानविकी र शिक्षाशास्त्र संकायमा विद्यार्थीको आकर्षण कम भएका कारण ती विषय हटाइएका थिए भने अहिले दक्ष शिक्षक अभावको कारण शिक्षाशास्त्र संकायमा निशुल्क पठनपाठनको अवसर प्रदान गर्न लागिएको हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क