इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा अस्पतालले सुरु गर्यो मोबाइलबाट टिकट बुकिङ सेवा, सेवाग्राहीलाई राहात

हेटौँडा | हेटौँडा अस्पतालले बिरामीलाई सजिलो बनाउन मोबाइलमार्फत टिकट बुकिङ सेवा सुरु गरेको छ। यो सेवा कार्तिक १ गतेदेखि लागू हुनेछ। अब बिरामीले अस्पतालमा लामो लाइनमा बस्न नपर्ने र घरमै बसेर मोबाइलबाटै टिकट बुक गर्न सक्नेछन्। अस्पतालले नगद वा स्वास्थ्य बिमा दुवै प्रणालीबाट टिकट बुक गर्न सकिने व्यवस्था गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

अस्पतालको नयाँ प्रणालीअनुसार, बिरामीले मोबाइल एपमार्फत कुनै पनि विभागमा जाँचका लागि सजिलै टिकट लिन सक्नेछन्। पुराना बिरामीले अस्पतालको आईडी प्रयोग गरेर पुनः जाँच गराउन सक्नेछन् भने नयाँ बिरामीले आफ्नो व्यक्तिगत विवरण भरेर टिकट बुक गर्न सक्नेछन्। साथै, परिवारका अन्य सदस्यका लागि पनि यस एपमार्फत टिकट लिन सकिनेछ।

प्रतिष्ठानका अनुसार, जाँच गर्नुपर्ने मिति भन्दा अघिल्लो रात १२ बजेभित्रै टिकट बुक गर्नुपर्नेछ। जाँच हुने दिन बिहान टिकट बुक गर्ने सुविधा भने हाललाई उपलब्ध छैन।

यो सेवाले अस्पतालमा आउने बिरामीलाई लामो लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गराउने विश्वास गरिएको छ। बिरामीले एपमार्फत ल्याब रिपोर्ट पनि सजिलै हेर्न र डाउनलोड गर्न सक्नेछन्।

सेवा कसरी लिन सकिन्छ?

मोबाइलबाट टिकट बुक गर्न बिरामीले पहिले अस्पतालको आधिकारिक वेबसाइटमा गएर एप डाउनलोड गर्नुपर्छ। त्यसपछि, आफ्नो मोबाइल नम्बर राखेर दर्ता गर्नुपर्नेछ। दर्ता गरेपछि बिरामीले कुन विभागमा जाँच गराउने, कुन चिकित्सक छनोट गर्ने र कुन मितिमा जाँच गर्नुपर्ने हो भन्ने जानकारी भरेर टिकट बुक गर्न सकिन्छ।

यदि नगदमा जाँच गराउन चाहिएको भए “Pay Now” मा क्लिक गरेर भुक्तानी गर्न सकिन्छ। बिमा भएका बिरामीले आफ्नो बिमा नम्बर राखेर स्वास्थ्य बिमाको सेवा लिन सक्नेछन्। एक पटक टिकट बुक गरेपछि बिरामीले अस्पतालमा उपस्थित भइ काउन्टरबाट कार्ड लिनुपर्नेछ।

हेटौँडा अस्पतालले यो सेवा सुरु गरेर बिरामीलाई थप सुविधा दिने र स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क