इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने कान्ति लोकपथ आजबाट २३ दिनका लागि बन्द

मकवानपुर । हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने कान्ति लोकपथ आज देखी २३ दिनका लागि बन्द भएको छ । हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत सम्भारको लागि बन्द हुनेभएको हो । आगामी चैत १० गतेसम्म कान्ति लोकपथको दुईतर्फी आवागमन बन्द हुनेभएको हो । कान्ति लोकपथ मर्मतका लागि फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्मको समय निर्धारण गरेको छ । मकवानपुरको ठिङ्गन नजिक रहेको बागमती पुलबाट ललितपुरतर्फ सडक मर्मत एवं कालोपत्रेका लागि कान्ति लोकपथ बन्द गरिएको जनाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा गत सोमबार बसेको बैठकले आज देखि कान्ति लोकपथको दुईतर्फी बन्द गर्ने निर्णय गरेको हो । आज देखि लागू हुनेगरी कान्ति लोकपथमा दुईतर्फी सवारी साधनको आवागमन पूर्णरूपले बन्दगरी हेटौँडा–काठमाडौँ चल्ने सुमोलगायतका साना सवारी साधनका व्यवसायीलाई सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाउनेगरी निर्णय गरिएको छ । हेटौँडाबाट काठमाडौँ जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी र काठमाडौँबाट हेटौँडा आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क