इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा र मनहरीका ७४ प्राबिधिलाई तालिम

हेटौंडा | लघु साना तथा मध्यम उद्यमीका लागि उर्जा प्रभाबकारी डिजाइन सम्बन्धी हेटौंडामा ७४ जना प्राबिधीकलाई तालिम दिइएको छ ।

हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीका बिल्डिङ इनर्जि इफिसेन्सी (बिन) परियोजनाले यहाँका दुई वटा पालिकामा रहेका भवन डिजाइन सम्बन्धी काम गरीरहेका प्राबिधीकहरुलाई तालिम दिएको हो । हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा रहेका काम गर्ने र सरकारी निकायमा सुचिकृत कल्सन्टेण्ठका भवन डिजाइन गर्ने प्राबिधीकहरुलाई ३ दिने तालिम दिइएको हो ।

तालिममा कसरी भवनलाई जोखिम मुक्त बनाउँन सकिन्छ, कम लगानीमा व्यवस्थित भवन निर्माणका बारेमा प्राबिक तथा बित्तीय स्थाहरुले कसरी घरको मुल्याङकन गर्छन भन्ने बारेमा ध्यान दिँदै तालिम प्रदान गरीएको बिन हेटौंडाका प्रमुख अस्मिता श्रेष्ठले बताइन् । तालिममा संगिता थापा, दिवस अधिकारी, सचिन, र अस्मिताले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागिलाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले प्रमाण पत्र हस्तान्तरण गरेकी थिइन् । बिन परियोजनाका अध्यक्ष बिद्या आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा-२ का अध्यक्ष बिष्णुगोपाल महर्जन, उपमहानगरपालिका नक्सा शाखाका प्रमुख उद्धब रिमाल लगाएतको आतिथ्यता रहेको थियो । बिनले नेपालका बिभिन्न ११ वटा पालिकामा सुरक्षित र उर्जा प्रभाबकारी डिजाइन सम्बन्धी काम गरीरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क