इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौडा-१७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै

हेटौडा | हेटौडा उपमहानगरपालिकाको वडा नंबर १७ ले आगामी शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ। घोषणा कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष उद्धव सत्यालले २०८१ भाद्र ७ गते घोषणा गर्न लागिएको बताए ।

"बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका साथ हुने यस कार्यक्रममा वडालाई निकृष्ट बालश्रम मुक्त र बाल विवाह मुक्त पनि घोषणा गरिने अध्यक्ष सत्यालले बताए।

१५.०२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस वडामा २१ सय १० जना पाँच वर्षमुनिका बालबालिका छन्, जसमध्ये ४६.४५ प्रतिशत बालिका र ५३.५५ प्रतिशत बालक रहेको अध्यक्ष सत्यालले बताए । वडामा ६ वटा विद्यालय, २२ वटा बाल समूह र एउटा वडा बाल सञ्जाल सक्रिय छन्, जसमा ५ सय ५० भन्दा बढी बालबालिका आबद्ध रहेका छन् ।

वडा अध्यक्ष सत्यालले बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरूमध्ये ४८ वटामा शतप्रतिशत नतिजा हासिल गरिएको र बाँकी तीन सूचकहरूमा पनि उल्लेख्य प्रगति बताए ।

"आजका बालबालिका भोलिका कर्णधार मात्र होइनन्, उनीहरू आजैका साझेदार हुन्," सत्यालले भने। "हामीले उनीहरूलाई सही मार्गदर्शन, उचित वातावरण र जीवनोपयोगी शिक्षा दिनुपर्छ।"

घोषणा कार्यक्रम शुक्रबार बिहान १० बजे प्रभातफेरीबाट सुरु हुनेछ। त्यसपछि वडा परिक्रमा गरी नेपाल चौर टोल विकासको फुटसल हलमा औपचारिक घोषणा समारोह हुने अध्यक्ष सत्यालले जानकारी दिए ।

सम्बन्धित समाचार

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

शव पहिचानमा सघाउन हेटौँडामा प्रोजेक्टरसहितको कक्ष

हेटौँडा | रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतमा सहयोग पुर्‍याउन हेटौँडा उपमहानगरपालिकाले प्रोजेक्टरसहितको कक्ष सञ्चालनमा ल्याएको छ। नगर प्रमुख…

इन्फो नेपाल संवाददाता