इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेमकर्ण पौडेलले भने `इटहरी सहरमा अब जनताले बाढीबाट ज्यान गुमाउनु पर्दैन´

सुनसरी / नेपाली काङ्ग्रेसबाट इटहरीको गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार हेमकर्ण पौडेलले भने इटहरीका जनताले अब बाढीबाट ज्यान गुमाउन नपर्ने बताए । आज सोमबार इटहरी ५ दलिय गठबन्धनको कार्यक्रम आयोजित लोकतान्त्रित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले इटहरी सम्भावना बोकेको सहर भएपनि हरेक वर्ष बाढीले ज्यान गुमाउनुपर्ने भएपनि यसवर्षदेखि बाढीबाट कसैले पनि ज्यान गुमाउन नपर्ने बताएका छन् । उनले भने ‘अब सरकार खोज्दै तपाईहरू उपमहानगरको गेटसम्म आउनुपर्दैन, यो सरकार जनमुखी हुन्छ, सरकार गाउँ–गाउँमा जनताका समस्या नियाल्न पुग्छ ।’ उनले भने` कांग्रेसले नेतृत्व गरेको गठबन्धन विजयी भएको अवस्थामा यहाँका आम सर्वहारा जनताले सरकार खोज्दै उपमहानगर आउन नपर्ने बताए । ´ कार्यक्रम उनले बोल्दै भने, ‘एमालेको नेतृत्व दूरदर्शी थिएन, यो जनताको दोष होइन । हिजोको दिनका सरकारदेखि जनता डराएर हिड्नुपर्यो, अब सबै जाति, भाषाभाषीहरूले सरकार भएको महसुस गर्ने भनेका छन् । त्यस्तै, निर्माण क्षेत्र , युवा रोजगार तथा खेलकुद , धार्मिक तथा पर्यटकीय स्थल , सामाजिक सुरक्षा भत्ता तथा जेष्ठ नागरिक , शान्ति सुरक्षा व्यवस्था , कृषि तथा पशुपंक्षी , दैवी प्रकोप व्यवस्थापन , व्यवस्थित बसोबास , स्वास्थ्य क्षेत्र , शिक्षा क्षेत्र , महिला तथा बालबालिका , सामाजिक संघ संस्था र सडक बत्ती तथा खानेपानी क्षेत्रमा नेपाली काङ्ग्रेसले प्रतीवद्धता अर्थात् संकल्प पत्र अगाडि नै सार्वजनिक गरेको छ । सो कार्यक्रममा नेपाली काङ्ग्रेस इटहरीका कार्यवाहक सभापति कोविदजङ्ग कार्कीको अध्यक्षतामा भएको सो चुनावी सभामा पूर्व–प्रधानमन्त्री झलनाथ खनाल, नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, माओवादी नेताहरू रामनारायण बिडारी, शिवकुमार डाँगी, उपप्रमुखका उम्मेदवार केशव विष्ट, काङ्ग्रेस नेताहरू राजीव ढुङ्गाना, विकास केसी, कल्पना चौधरी, कलाकार जोगिन्दर पानवालालगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क