इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेर्नुस् सामाजिक सञ्जालमा भाइरल पोखराको यो सडक

पोखरा । हिमश्रृंखलाको अघिल्तिर ६ लेनको सडकको तस्वीर सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल बनेको छ । यो सडक कहाँको हो भन्ने मात्र होइन, कसको पालामा बनेको भनेर राजनीतिकरण गर्ने प्रयास पनि भइरहेको छ।यो सडक निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको हो । मध्यपहाडी लोकमार्गको कास्की खण्डमा पर्ने याम्दीदेखि फेदी घट्टेखोलासम्म ६ लेनमा बनेको १२ किलोमिटर सडक रङरोगनसँगै आकर्षक देखिएको छ ।यो सडकलाई कसैले बाबुराम भट्टराई त कसैले पुष्पकमल दाहाल प्रचण्ड र कसैले केपी शर्मा ओलीको पालामा बनेको भनेर दाबी गरेका छन् ।राष्ट्रिय यातायात नीति २०५८ मा २० वर्ष अगाडि नै मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको योजनाको रुपमा परिकल्पना गरिएको हो । पहाडी जिल्लाहरुलाई जोड्दै नयाँ शहरको विकास गर्ने परिकल्पनासहित पूर्वपश्चिम महेन्द्र राजमार्गको वैकल्पिक सडकको रुपमा मध्यपहाडी लोकमार्गको योजना अगाडि बढाइएको थियो । पाँचथरको चियोभञ्ज्याङ भन्ने ठाउँबाटदेखि पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ८ सय ७९ किलोमिटर लामो हुने भनिएको छ ।पुरानै योजनाअनुसार सडक विभागले नियमित काम गरिरहेको लमजुङदेखि बागलुङसम्मको खण्ड हेर्ने डिभिजन इन्जिनियर नारायणदत्त भण्डारी जानकारी दिए । उनका अनुसार याम्दी–फेदी खण्डको १२ किलोमिटर सडक ६ लेनको भएपनि अन्य ठाउँमा डबल लेनको हुने भण्डारीले जानकारी दिए ।मध्यपहाडी लोकमार्गको लमजुङ–बागलुङ खण्ड २४० किलोमिटर छ । त्यसको ८० प्रतिशत काम सकिएको छ । ‘कास्की खण्डको ३० किलोमिटर सडक विवादका कारण ठेक्कामै गएको छैन । लमजुङ–बागलुङसम्म अझै ६० किलोमिटर पिच हुन बाँकी नै छ,’ भण्डारीले भने, ‘याम्दी–फेदी सडक भने निर्माण नसकिँदै भाइरल बन्यो । यो निकै आकर्षक पनि देखिएको छ ।’सडकको अझै रङरोगनको काम बाँकी नै छ । फुटपाथ मिलाउने, रेलिङको काम अझै बाँकी नै छ । लमजुङदेखि बागलुङसम्मको सडक खण्डको निर्माण शुरुआत २०७३ सालमा भए पनि याम्दी–फेदी सडकको निर्माण सम्झौता २०७४ मा भएको डिभिजन इन्जिनियर भण्डारीले जानकारी दिए । याम्दीदेखि ६ किलोमिटर शर्मा एण्ड कम्पनी र बाँकी ६ किलोमिटर स्वच्छन्द–इलाइट जोइन्ट भेन्चरले ठेक्का पाएको थियो ।साढे ८७ करोड रुपैयाँमा ठेक्का पाएको कम्पनिले २०७७ चैत भित्रै सक्नुपर्ने भए पनि कोभिड र विद्युतका पोलहरु सार्नुपर्ने भएका कारण अबको चैतसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ । कास्की खण्डको रुपा भगवतीटारदेखि याम्दीसम्म अझै रुट विवाद भएका कारण ठेक्का लाग्न सकेको छैन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क