इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेर्नुस भाद्र महिनाको राशिफल

२०८० भदौँ महिनाको मासिक राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मेष राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । कार्य प्राप्तिका योग देखिन्छन् । सोचेका काम बन्नेछन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । श्रीवृद्धिका साथै कार्य प्राप्तिको योग पनि देखिन्छ । मित्रजनबाट सुख मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढ्नुका साथै मनमा उत्साह छाउनेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा व्यवधान खडा गर्न सक्नेछन् । स्वास्थ्यको क्षेत्रमा सजग रहनु उपयुक्त हुने देखिन्छ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग निलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) वृष राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । खर्चमा वृद्धि हुनुसक्ने देखिन्छ । कलाका क्षेत्रमा विशेष रुचि जाग्नेछ । यात्राका अवसरहरू पनि प्राप्त हुनेछन् । भूधन लाभदायी रहनेछ । कार्य लाभका साथै सामाजिक मान प्रतिष्ठा पनि प्राप्त हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहनेछन् । कार्यमा अस्थिरता रहनुका साथै बोलीमा पनि विकार रहनसक्नेछ । प्रेम जीवन मध्यम रहनेछ । धातुजन्य वस्तु हानिकारक रहन सक्नेछन् । नयाँ र शुभ कार्यको योग समेत रहेको छ । यो महिनाको लागि शुभ अङ्क १, ४ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मिथुन राशिका लागि यो महिना वृद्धिदायी रहनेछ । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । आमदानीका स्रोत बढ्नेछन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभको योग देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । व्यवसायमा उन्नति हुने देखिन्छ । घर, जग्गा खरिद तथा बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क १, ९ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) कर्कट राशिका लागि भदौँ महिना मिश्रित फलदायी रहनेछ । व्यापार व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । प्राज्ञिक कार्यमा उन्नति हुनेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छन् । कर्म क्षेत्र बलवान् छ । शत्रु पक्ष भने सबल रहनेछन् । स्वास्थ्यमा प्रतिकूलता रहने भएकाले शीतजन्य वस्तुको प्रयोगमा सजगता अपनाउनु शुभ रहनेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुन शुभकर्म गर्नु पूर्व माता बगलामुखीलाई स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) सिंह राशिका लागि भदौँ महिना यात्रादायी रहनेछ । कर्मप्राप्तिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमका विशेष रुचि जाग्नेछ । विद्याबाट लाभ हुनेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । धार्मिक कार्यमा पनि मन जानेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १, ९ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) कन्या राशिका लागि यो महिना खर्चिलो रहनसक्ने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । कार्यमा उन्नति प्रगति हुने देखिन्छ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै पारिवारिक सुख पनि प्राप्त हुनेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्रबाट पनि लाभ हुनेछ । सन्तान सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । बोलीमा भने विकार रहनसक्नेछ । महिनाको उत्तराद्र्धमा स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्यमा अस्थिरता पनि रहनसक्ने देखिन्छ । शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ४, ९ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) तुला राशिका लागि भदौँ महिना लाभदायी रहनेछ । कार्य प्राप्तिका साथै पदोन्नतिका अवसर पनि मिल्नेछन् । आर्थिक उन्नति हुनेछ । कार्यमा सफलता मिल्नेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभका योग देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । शत्रु पक्ष भने सबल रहनेछन् । कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ । स्वास्थ्यमा पनि उतार चढाब रहनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ । वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु ) वृश्चिक राशिका लागि भदौँ महिना कार्यदायी रहनेछ । कार्य गर्ने अवसर प्रशस्त मिल्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन सफल र सुखद रहनेछ । शत्रु पक्ष सबल रहे पनि जीत आफ्नो पक्षमा हुने देखिन्छ । आर्थिक लाभका योग देखिन्छन् । वाणिज्य क्षेत्रबाट विशेष उन्नति हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । आमदानीका स्रोत बढ्नुका साथै कार्य गर्ने उत्साह मनमा जागृत हुने देखिन्छ । आर्थिक नोक्सानी पनि हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग हल्का गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको स्मरण गरि आरम्भ गर्दा राम्रो हुनेछ । धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) धनु राशिका लागि भदौँ महिना मिश्रित फलदायी रहनेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । पराक्रम बढ्नेछ । कला मनोरञ्जनमा विशेष लगाव रहने देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । यात्राको विशेष योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै विद्या क्षेत्रमा सफलता हातपर्ने देखिन्छ । परिवारको साथ सहयोग मिल्नेछ । बोलीमा ओज रहे पनि कार्यान्वयनको पक्ष फितलो रहने देखिन्छ । शत्रु क्षेत्र सबल रहने भएकाले सजग रहनु नै उत्तम हुनेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ६, ९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) मकर राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । कार्यमा केही विलम्ब हुनसक्ने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र भने फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । मित्रप्रतिको विश्वास कार्य सम्मपन्नताका लागि कच्चा हुन सक्नेछ । शत्रु पक्ष पनि सबल रहनक्ने छन् । भौतिकवस्तु भने लाभदायी रहने देखिन्छ । कार्यमा उन्नति हुने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) कुम्भ राशिका लागि यो महिना यात्रामयी रहनेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुने छन् । बोलीको विशेष प्रभाव रहनेछ । धनको क्षेत्र सबल रहे पनि खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ । यात्राका सुखद् अवसर प्राप्त हुनेछन् । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै पदोन्नतिका अवसर पनि मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ । वैदेशिक यात्राको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ४, ५ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) मीन राशिका लागि यो महिना लाभदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कृषि कर्ममा मन जानेछ । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोगले महिना सुखद् रहनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । सुखद् यात्राका योग पनि देखिन्छन् । विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी