इन्फो नेपाल — सञ्चारको सञ्जाल

ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?

वाशिङ्टन | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको वार्ता अप्रत्याशित रूपमा वाकयुद्धमा परिणत भएको खबर बाहिर आएको छ।

शान्ति सम्झौताका विषयमा छलफल गर्न आयोजित बैठकमा प्रारम्भिक संवाद सकारात्मक देखिए पनि, वार्ताको क्रममा तनाव बढ्दै गयो। ट्रम्पले युक्रेनलाई अनावश्यक रूपमा युद्ध लम्ब्याएको आरोप लगाउँदै भने, "तिमीहरू लाखौं मानिसहरूको जीवनसँग खेलिरहेका छौ, तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने खतरा छ।"

जेलेन्स्कीले भने, "हामी न्यायपूर्ण र दिगो शान्ति चाहन्छौं। यदि अमेरिकाले आफ्नो समर्थन फिर्ता लियो भने, युक्रेनलाई रूसको सामना गर्न कठिन हुनेछ।" उनले मस्कोले विगतमा गरेका सहमतिहरू तोडेको भन्दै, सुरक्षाको ग्यारेन्टी बिना सम्झौतामा सहमत नहुने स्पष्ट पारे।

बैठकको क्रममा अमेरिकाले युक्रेनलाई सैन्य सहायता निरन्तर दिने भए पनि सीमित मात्रामा हुने संकेत दिएको थियो। साथै, महत्त्वपूर्ण खनिज सम्झौताका विषयमा छलफल हुने भनिए पनि, वार्तामा आएको तनाबका कारण सम्झौता हुन सकेन। अन्ततः, जेलेन्स्की कुनै ठोस सहमति बिना ह्वाइट हाउसबाट बाहिरिएका थिए।

यस घटनाले युक्रेन-अमेरिका सम्बन्धमा नयाँ चुनौती खडा गरेको छ भने, रूस-युक्रेन युद्धमा अमेरिकाको कूटनीतिक हस्तक्षेपको भविष्यबारे थप अन्योलता देखिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क