इन्फो नेपाल — सञ्चारको सञ्जाल

११ वडाको अन्तिम मतपरिणाम: कांग्रेस ६, एमाले ३, माओवादी र नेमकिपा १/१

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत ४१ स्थानमा भएको मतदानको मतगणना जारी छ। आइतबार राति साढे ११ बजेसम्म ११ वडाको अन्तिम परिणाम घोषणा भएको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्मको नतिजामा नेपाली कांग्रेसले ६ वडा जितेको छ भने नेकपा एमालेले ३ वडा आफ्नो पक्षमा पार्न सफल भएको छ। माओवादी केन्द्र र नेमकिपाले समान १/१ वडा जितेका छन्।

घोषित विजेताहरूको सूची

  • कालीकोट, तिलागुफा नगरपालिका–४: नेमकिपाका खड्गराज शाही
  • ओखलढुंगा, मोलुङ गाउँपालिका–५: एमालेका गंगाबहादुर तामाङ
  • रौतहट, इशनाथ गाउँपालिका–७: कांग्रेसका शेख अब्दुल खलिक
  • महोत्तरी, रामगोपालपुर नगरपालिका–२: एमालेका ककिवल खाँ
  • गोरखा, गोरखा नगरपालिका–५: माओवादी केन्द्रका विष्णुबहादुर मगर
  • रुकुम पश्चिम, सानीभेरी गाउँपालिका–७: कांग्रेसका मोतीराम खत्री
  • दैलेख, दुल्लु नगरपालिका–१३: एमालेका लालबहादुर शाही
  • जाजरकोट, कुशे गाउँपालिका–७: कांग्रेसका खम्बबहादुर सिंह
  • डोटी, पूर्वीचौकी गाउँपालिका–६: कांग्रेसका मोहन थापा
  • दार्चुला, दुहुँ गाउँपालिका–५: कांग्रेसका धनसिंह कुँवर
  • रुकुम पूर्व, पुथा उत्तरगंगा–२: माओवादीका जगत धर्ती

अन्य वडाहरूमा मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार बाँकी स्थानको परिणाम सोमबार सार्वजनिक हुने सम्भावना छ। आइतबार सम्पन्न उपनिर्वाचनमा देशभर ४१ स्थानीय तहमा रिक्त रहेका पदमा मतदान भएको थियो। मतगणनाको प्रक्रिया अब धमाधम अघि बढ्ने र सम्पूर्ण नतिजा केही दिनभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क