इन्फो नेपाल — सञ्चारको सञ्जाल

१४ सय बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

मकवानपुर: जाजरकोटमा  १४०० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । श्री राधा माधव समिति नेपाल, विद्वत् समाज नेपाल एवं डिभाइन युथ क्लब नेपालद्वारा भूकम्प प्रभावित जाजरकोटमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १४ सय जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको थियो । नलगाड नगरपालिका वडा नं. १२, तल्लुबगर स्थित श्री विरेन्द्र हिमालय माध्यमिक विद्यालयको प्राङगणमा भएको शिविरमा सामान्य चिकित्सा, फोक्सो तथा निमोनिया, स्त्री तथा प्रसूति रोग, दन्त शिविर तथा मनोरोग परामर्सका बिरामीको स्वास्थ परीक्षण गरिएको थियो । शिविरमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. १०, ११, १२, १३ र पश्चिम रुकुम जिल्लाको आठविसकोट नगरपालिका वडा नं. ४, ५, ६ एवं डोल्पा जिल्लाबाट समेत विरामीहरु स्वास्थ्य उपचारको लागि आएका थिए । सोही शिविरमा तीन महिना भित्रका सुत्केरी महिलाहरुलाई न्यानो वस्त्र पनि वितरण गरिएको थियो । नलगाड नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष मोहन बहादूर खत्रीले शिविरको उद्घाटन गरेका हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क