इन्फो नेपाल — सञ्चारको सञ्जाल

१६ वर्षीया किशोरी बलात्कृत, घरबेटी पक्राउ

धरान : धरानमा बालिका करणी गरेका आरोपमा एक जना पक्राउ परेका छन् । फरक क्षमता भएकी बालिकालाई करणी गरेको आरोमा ८ नम्बर वडा स्थित गुराँस चोक नजिकै ५२ वर्षीय व्यक्ति पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका अनुसार करिब २ महिना अघि करणी गरेका भन्दै बालिकाले दिएको उजुरीका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । आरोपी उक्त पुरुष पक्राउ परेसँगै हिजै बालिकाको स्वास्थ्य परीक्षण गराइएको र स्वास्थ्य परीक्षणका क्रममा डाक्टरको रिपोर्टका अनुसार बालिका गर्भवती रहेको बताइएको छ । पक्राउ परेका पुरुषलाई सुनसरी जिल्ला अदालतबाट म्याद थपको प्रक्रिया भइरहेको कार्यालयले जनाएको छ । बोल्न र राम्रोसँग हिँड्न नसक्ने ती १६ वर्षीय बालिका आरोपी पुरुषको घरमा डेरा गरी बस्ने गरेको प्रहरीले जनाएको छ । घरका बुबा–आमा नभएको बेलामा करणी गरीको भए पनि बालिकाको रजस्वला रोकिएको र बान्ता गर्न थालेपछि सोधपुछ गर्दा करणी भएको र गर्भवती समेत रहेको खुलेको बालिकाकी आमाले बताएकी छिन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क