इन्फो नेपाल — सञ्चारको सञ्जाल

१६ सय मत गन्दा बालेनलाई २ सय ८३ मात्रै

काठमाडौं महानगरपालिकामा सुरुदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत विस्तारै घट्न थालेको छ। काठमाडौं महानगर वडा नं. २७ मा आइपुगेपछि बालेनको मत ह्वात्तै घटेको छ। हाल त्यो वडामा १६ सय ९२ मतगणना भइसक्दा साहले २८३ मत मात्रै पाएका छन्। यो वडामा एमालेका उम्मेदवार केशव स्थापितभन्दा दोब्बर मतले बालेन पछाडि छन्। स्थापितले ५ सय ३५ मत प्राप्त गरेका छन्। कांग्रेस उम्मेदवार सिर्जना सिंहले यो वडामा ३ सय ६५ मत प्राप्त गरेकी छिन्। काठमाडौं महानगरपालिकामा ७८ हजार ३ सय ६० मतगणना भइसकेको छ। अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काठमाडौं महानगरको अपडेट मेयर: सूर्य- १५,६०४ रुख- १४,७३८ लौरो- २८,६७९ हलो- २८७४ आँखी झ्याल- उपमेयर: सूर्य- २८,७९२ लौरो- ३०९८ कलम- ९२९९ हलो- ६२४८ कुल मतगणना : ७७,४७८ (हाल वडा नं. वाड नम्बर ६, ७, ८, ९, २५, २६, २७,२९ र ३१ को)

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क