भक्तपुर - १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेरामा बस्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
दोलखा मेलुग गाउँपालिका वडा नं ५ घर भएका २३ वर्षीय जय भनिने श्री थापालाई प्रहरीले पक्राउ गरेको हो। उनले आफू डेरामा बस्दै आएका सोही घरमा बस्ने १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको आरोप परिवारजनले लगाएका छन्।
पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ। उनले फागुन ७ गते जबरजस्ती करणी गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए।
थापालाई मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेस गरिएका र अदालतले ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…