इन्फो नेपाल — सञ्चारको सञ्जाल

२०७२ सालको विनाशकारी भूकम्पको नौ वर्ष पुरा

काठमाडौं। वैशाख १२ गते, २०७२ सालको विनाशकारी भूकम्पको नौ वर्ष पुरा भएको छ। त्यस दिन बिहान ११ बजेर ५६ मिनेटमा गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो। राष्ट्रिय योजना आयोगको तथ्यांक अनुसार उक्त भूकम्पबाट ८ हजार ८९१ भन्दा बढी व्यक्तिले ज्यान गुमाए भने २२ हजार ३०० भन्दा बढी घाइते भए। करिब ३५ लाख मानिसहरू घरबारविहीन बने। भूकम्प अति प्रभावित जिल्लाहरुमा ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर रहेका छन्। यस्तै कम प्रभावित जिल्लाहरुमा संखुवासभा, भोजपुर, धनकुटा, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी र पश्चिम नवलपरासी रहेका छन्। तर, विगत नौ वर्षको अवधिमा पनि राज्यले पुनर्निर्माण र पुनर्स्थापनाका कामहरु प्रभावकारी रुपमा सम्पन्न गर्न नसकेको गुनासो छ। अझैपनि धेरैजसो पीडितहरु सुरक्षित बासको अभावमा छन् भने घाइतेहरुको अवस्था समेत दयनीय रहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क