आजको पञ्चाङ्ग इन्फो
१७ भदौं २०७९, शुक्रबार । तद्नुसार सेप्टेम्बर महिनाको २ तारिक २०२२ । भाद्रशुक्लपक्ष षष्ठी तिथि, तैतिल करण, विशाखा नक्षत्र, इन्द्र योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज विहान सूर्योदय ०५:४४ मा हुनेछ भने सूर्यास्त ०६:२५ मा हुनेछ । आज १०:२९ देखि १२:०५ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य गर्नुहुँदैन । शुक्रबारको दिन मनोरञ्जनात्मक कार्य, सौन्दय कलाको क्षेत्रमा खर्च गर्दा राम्रो हुनेछ । आज विलासिताको सामान खरिद गर्दा शुभ हुनेछ । आर्थिक लगानीकोको लागि शुक्रबारको दिन शुभ मानिदैन ।
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- १८ गते : गौरा पर्व, दूर्वाष्टमी, श्री महालक्ष्मी व्रत प्रारम्भ (धनसम्मृद्धि र दाम्पत्यसुखका निमित्त १६ दिने माता लक्ष्मीको उपासना सुरु), फालो पर्व (थकाली), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग, कलशचक्र (द्रष्टव्य : बिहान ०९:४५ बजेपछि भद्रा रहने छ)
- १९ गते : श्री राधा जयन्ती, राधाष्टमी व्रत, अष्टमी व्रत, गोरखकाली पूजा, काय अष्टमी, कागेश्वर मेला, अदुःख नवमी व्रत (पति/पत्नीको बिछोड नहोस् भन्ने उद्देश्यले लिइने व्रत), ललितपुरमा दश महाविद्या पूजा, अविधवा नवमी, मुहूर्त : कलशचक्र,
- २० गते : मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस, मुहूर्त : कलशचक्र, मुठी लिने