वि.सं. २०७९ भाद्र ३० गते बिहीवार तदनुसार ई. सं. २०२२ सेप्टेम्बर १५ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- ३१ गते : सोह्र श्राद्धअन्तर्गत सप्तमी श्राद्ध, भाद्र मसान्त, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : दिउँसो ०१:३६ बजेपछि भद्रा रहने छ)
- ०१ गते : आश्विन सङ्क्रान्ति, श्री विश्वकर्मा पूजा, महालक्ष्मी व्रतको समापन, वास्तु दिवस, अष्टमी व्रत, द्विपुष्कर योग दिनको ०२:१६ बजेदेखि ०२:५६ बजेसम्म
- ०२ गते : गोरखकाली पूजा, सोह्र श्राद्धअन्तर्गत अष्टमी श्राद्ध, जीवत्पुत्रिका व्रत (जितीया पर्व), जीमूतवाहन पूजा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने)