इन्फो नेपाल — सञ्चारको सञ्जाल

२० लाख मतसहित समानुपातिकतर्फ एमाले पहिलो, अरु दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको गणना सुरु नभएका बाहेक अब धेरै ठाउँको गणना बाँकी छैन । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फको गगणना पनि तीव्र गतिमा भइरहेको छ । समानुपातिक तर्फको जारी गणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको छ भने कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी चांैथो स्थानमा रहँदा राजावादी दल राप्रपा पाँचौं स्थानमका रहेको छ । त्यसैगरी, जनता समाजवादी पार्टी छैटौं, नेकपा एकीकृत सजवादी सातौं, क्षेत्रिय दलहरु नागरिक उन्मुक्ति पार्टी आठौं, जनमत पार्टी नवौं र मधेसी दल लोकतान्त्रिक समाजवादी पार्टी दशौं स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको एमालेले २० लाख ४४ हजार ९९४ मत पाउँदा दास्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ७४ हजार ८७० मत पाएको छ । त्यसैगरी, तेस्रो स्थानमा रहेको माओवादीले ७ लाख ७६ हजार ७०७ मत पाउँदा चौथो स्थानमा रहेको रास्वपाले ८ लाख ४६ हजार ६३२ मत पाएको छ । त्यस्तै, पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४९ हजार ६ सय मत पाउँदा छैटौंमा रहेको जसपाले २ लाख ४२ हजार १६ र सातौं स्थानमा रहेको एकीकृत समाजवादीले १ लाख ८८ हजार २७८ मत पाएको छ । त्यसैगरी, नागरिक उन्मुक्तिले १ लाख ७५ हजार ६९०, जनमतले १ लाख ७० हजार ७९२ र लोसपाले १ लाख १ हजार ७९२ मत पाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क