इन्फो नेपाल — सञ्चारको सञ्जाल

२३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव, सेवा प्रवाहमा बाधा

काठमाडौं। संघीय सरकारले स्थानीय तहमा आवश्यक कर्मचारी खटाउन नसक्दा देशभरका २३० स्थानमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ, जसले गर्दा धेरै तहहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा सञ्चालन हुँदै आएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी व्यवस्थापनमा चासो नदिँदा र मापदण्ड बनाउन ढिलाई गर्दा यो समस्या जटिल बन्दै गएको हो।

हालसम्म ७५३ स्थानीय तहमध्ये ५२३ स्थानीय तहमा मात्रै प्रमुख प्रशासकीय अधिकृत खटाउन सकिएको छ। बाँकी २३० तहमा प्रमुख प्रशासकीय अधिकृतको अभावले आर्थिक, प्रशासनिक अनुशासन र सेवा प्रवाहमा गम्भीर समस्या देखा परेको छ। तीमध्ये तराई–मधेश र दुर्गम क्षेत्रका गाउँपालिकाहरु विशेषरुपमा प्रभावित छन्, जहाँ प्रमुख प्रशासकीय अधिकृतहरू नखटिएका छन् वा खटिएर पनि कार्यभार सम्हाल्न गएका छैनन्।

गत साउनमा प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहको संख्या १२२ सम्म झरेको भए पनि, असंगठित कर्मचारी सरुवा र अधिकृतहरू तोकिएको ठाउँमा जान नमानेका कारणले स्थिति फेरि बिग्रन थालेको छ। मन्त्री राजकुमार गुप्ताले भने संघीय सरकारले पहिलो पदस्थापनमा स्थानीय तहलाई प्राथमिकता दिने बताउँदै स्थिति सुधारका लागि पहल गरिरहेको दाबी गरेका छन्।

तर स्थानीय तहका अधिकारीहरू भने यो व्यवस्थाले प्रभावकारी सुधार नल्याएको बताउँछन्। गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले कर्मचारी नखटाउँदा सेवाग्राहीहरूलाई प्रत्यक्ष समस्या परेको बताइन्। नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले पनि संघीय सरकार गम्भीर नहुनुले समस्याहरु थप जटिल भएको आरोप लगाएका छन्।

विशेष गरी प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा र नियुक्ति प्रक्रियामा राजनीतिक पहुँच र प्रभाव हावी हुँदा यो समस्या दीर्घकालीन बन्दै गएको छ। कतिपय कर्मचारीहरू आफूखुशी सरुवा रोक्न शक्तिकेन्द्रहरूमा दबाब दिइरहेका छन् भने अन्य ठाउँमा निमित्त अधिकृतहरूलाई आर्थिक र प्रशासनिक अधिकार दिँदा भ्रष्टाचारका घटनाहरू बढ्दै गएका छन्।

मन्त्रालयले नयाँ मापदण्ड बनाउन नचाहेकाले कर्मचारी खटनपटनमा राजनीतिक स्वार्थ र दबाब कायम रहँदा दुर्गम क्षेत्रमा प्रशासनिक नेतृत्वको अभाव रहिरहने देखिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क