इन्फो नेपाल — सञ्चारको सञ्जाल

३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न

हेटौंडाः ३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । आइतबार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समिति तथा बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयको संयुक्त आयोजनामा ३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस हेटौंडामा मनाइएको हो । लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान र दिवसको अवसरमा हेटौंडामा विभिन्न कार्यक्रम गरि सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अन्तीम दिन हेटौंडाको मुख्य चोक बुद्ध चोकबाट र्‍यालि सुरु गरि मेनरोड, कपुरकम्प्लेस, शितलमहलचोक हुँदै हुप्राचौर पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालिमा अपाङ्गता सम्बन्धि सुचनाको आदानप्रदान गरौ, अपाङ्गता भएको ब्यक्तिहरुको अनिवार्य रुपमा परिचयपत्र लिऔ, दिगो बिकासको लक्ष्यहरु कार्यान्वयन गरौ, अपाङ्गता मैत्री शब्दको प्रयोग गरौं, सबै सार्वजनिक भौतिक संरचना अपाङ्गता मैत्री निर्माण गरौं, मानसिक स्वास्थमा लगानी समृद्धिको सुखद बिहानी, अपाङ्गता भएका ब्यक्तिहरुलाई समान अवसर दिऔ, निशुल्क स्वास्थ सेवा कार्यान्वयन गरौं भन्दै नारा लगाइएको थियो । कार्यक्रमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समिति अध्यक्ष अश्विन लम्साल, बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, महासंघका अन्य पदाधिकारीहरु, अपाङ्ग ब्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क