इन्फो नेपाल — सञ्चारको सञ्जाल

३७ दिन, ४ सय ४० घटना, ६४ जनाको मृत्यु

काठमाडौं, असार २४। मनसुनजन्य विपद्का ३७ दिनमा देशभर ६४ जनाको ज्यान गएको छ । नेपालमा यस वर्ष १८ जेठबाट मनसुन सुरु भएको मानिएको छ । सो मिति यता २३ असारसम्मको ३७ दिनमा मनसुनजन्य विपद्का ४ सय ४० घटना भएको र ती घटनामा परी ६४ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको हो । यसैगरी, यो अवधिमा एक जना बेपत्ता तथा १ सय २१ जना घाइते भएको र ५ सय ७३ परिवार प्रभावित भएको केन्द्रले जनाएको छ । यस वर्ष नेपालमा मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आँकलन छ । ३७ दिनको यो अवधिमा सबैभन्दा बढी २४ वटा घटना झापामा र त्यसपछि २१ वटा घटना कैलालीमा भएको छ भने मृत्यु कैलाली, कञ्चनपुर, तनहुँ, बागलुङ, धादिङ पाँचथर, संखुवासभा र ताप्लेजुङमा बढी भएको पाइएको छ । कैलालीमा चार, कञ्चनपुरमा तीन, तनहुँमा तीन, बागलुङमा तीन, धादिङमा तीन, पाँचथरमा तीन, संखुवासभा, सप्तरी, चितवन, मकवानपुर, गोरखा, गुल्मी, रोल्पा, प्युठान, बर्दिया, सल्यान, ताप्लेजुङमा दुई÷दुई जनाको मृत्यु भएको छ । यसैगरी खोटाङ, मोरङ, झापा, सुनसरी, सोलुखुम्बु, रौतहट, बारा, पर्सा, सिन्धुली, स्याङ्जा, नवलपरासी, नवलपुर, रूपन्देही, कपिलवस्तु, बाँके, डोल्पा, कालिकोट, सुर्खेत, अछाम, दार्चुला र डडेल्धुरामा एक(एक जनाको ज्यान गएको केन्द्रको तथ्यांक छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी र जनावरको आक्रमणका घटनामा परी यो समयमा धेरैको ज्यान जाने गरेको छ । मनसुनजन्य विपद्का घटनाका कारण यो अवधिमा २४ करोड ५५ लाखभन्दा बढीबराबरको आर्थिक क्षति भइसकेको छ । मनसुनजन्य विपद्का घटनामा बाढीभन्दा पहिरोका कारण बढी मानवीय क्षति हुने गरेको छ भने भौतिक क्षति बाढीका कारण बढी हुने गरेको पाइन्छ । प्राधिकरणका प्र्रवक्ता डा डिजन भट्टराईले यस वर्ष प्राकृतिक प्रकोपले ४ लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमान प्राधिकरणले गरेको जानकारी दिए । यस वर्षको मनसुन गत १८ जेठबाट सुरु भई १४ असोजसम्म रहने जल तथा मौसम विज्ञान विभागले अनुमान छ । चार महिनाको मनसुनको यो अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । राजधानी दैनिकबाट

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क