इन्फो नेपाल — सञ्चारको सञ्जाल

३ दिन अगाडी पल निर्दोष छन् भनेर बयान दिएकी गायिकाले नवलपरासी जिल्ला अदालतमा पुगेर यसो भनिछन्

काठमाडौं : अभिनेता पल शाहले कर णी गरेको भन्दै गत फागुन १५ गते नवलपरासीस्थित प्रहरी कार्यालयमा जाहेरी दिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतपछि नवलपरासी जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । बुधवार नवलपरासी जिल्ला अदालतमा उपस्थित भएर बकपत्र गर्ने क्रममा उनले आफूमाथि कर णी नभएको र पल शाह निर्दोष रहेको बयान दिएकी हुन् । अदालतमा बहसको क्रममा सरकारी वकिलहरुले नाबालिगलाई सोधेको प्रश्नमा उनले शाह निर्दोष रहेको र आफूमाथि केही नभएको बताएकी थिइन् । उनले आवेशमा आएर प्रहरीमा कर णी भएको भनी उजुरी दिएको अदालतसमक्ष बताएको कानुन व्यवसायीहरुले जानकारी दिएका छन् । आइतवार उनले तनहुँ अदालतमा पनि शाहले आफूलाई कर णी नगरेको बताएकी थिइन् । गत चैत २३ गते जिल्ला अदालत नवलपरासीले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिँदै बैशाख ७ गते अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतमा बकपत्रको कार्य सकिएपछि शाहलाई बुधवार विहान तनहुँबाट नवलपरासी लगिएको थियो । तनहुँपछि नवलपरासी जिल्ला अदालतमा पनि नाबालिगले बयान फेरेपछि शाह कानुनी रुपमा बलियो बनेका छन् । गत फागुन ११ गते नाबालिगले पल शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका पललाई गत चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । नाबालिगको तर्फबाट शाहविरुद्ध प्रहरीमा जाहेरी दिने उनका पिताले समेत मंगलवार तनहुँ जिल्ला अदालतमा बयान हेरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क