इन्फो नेपाल — सञ्चारको सञ्जाल

४८ दिनपछि भेटिएकी २० वर्षीया निशाको ह'त्या किन भयो ?

काठमाडौं । जेठ २३ गते सर्लाहीका रमजेश कुमार रायले ससुरालाई फोन गरेर भने– तपाईंकी छोरी हिजोबाट घरमा छैन, कहाँ निस्किएकी हो थाहा छैन । अघिल्लो दिन आफैंले घरमा भेटेर, गफ गरेर आएकी छोरी २४ घण्टा बित्न नपाउँदै हराएको खबर आएपछि कैलाश रायलाई शंका लाग्यो । र, जेठ २३ गते प्रहरीमा खबर गरे । कैलाश घरमा झगडा परेपछि छोरीलाई भेट्न गएका थिए । हुलियासहितको निवेदन परेपछि सर्लाही प्रहरीले खोजी सुरु गर्‍यो । २० वर्षीया निशा यादवले अघिल्लो दिनमात्रै बुवालाई भेटेकी थिइन् । सामान्य अवस्थामा नै रहेकाले प्रहरीले हराएको भन्नेमा शंका गर्‍यो । र, विभिन्न कोणबाट अनुसन्धान सुरु गर्‍यो । श्रीमान् र परिवारका आफन्तसँग सोधपुछ गर्‍यो । छिमेकी र नातेदारसँग सोधखोज गर्‍यो । तर, निशा कहाँ गइन्, पत्तो लागेन । त्यसपछि प्रहरीले सुरु गर्‍यो प्रविधियुक्त अनुसन्धान । त्यसमा के–के थियो त्यो त प्रहरीले स्पष्ट खुलाएको छैन । तर, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा डीएसपी विजय यादव भन्छन्, “हामीले उपलब्ध स्रोत, साधन र अनुभव उपयोग गर्‍यौं । तथ्य फेला पार्नतर्फ लाग्यौं ।” अनुसन्धानकै क्रममा ४८ दिनपछि प्रहरीले निशाको ह'त्या भएको थाहा पायो । “हामीले ४८ दिनपछि निशाको शव खेतमा गाडेको अवस्थामा फेला पार्‍यौं,” प्रवक्ता यादवले भने, “अरूको खेतबारीमा गाड्दा छिमेकीले थाहा पाउँछन् भनेर उनीहरूले आफ्नै खेतमा शव गाडेको पाइयो ।” ह'त्याराले शव खेतमा गाडेर त्यसमाथि धान रोपेको यादव बताउँछन् । घटनामा संलग्न श्रीमान बालदत्त भन्ने रमजेश कुमार रायसहित ३ जना पक्राउ परेका छन् । मृतकका ससुरा राम प्रताप रायले पनि बुहारी निशा हराएकोले खोज तलास गरी पाउँ भन्दै जेठ २४ गते प्रहरीमा निवेदन दिएका थिए । “खोजतलास, घर परिवार तथा शंका लागेका व्यक्तिहरूसँगको सोधपुछ तथा प्रविधियुक्त विश्लेषण गर्ने क्रममा निशाको परिवारको सदस्यहरू उपर शंका लागि श्रीमान रमजेश कुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवसँग घटनाको सम्बन्धमा वास्तविक बुझ्ने क्रममा उनीहरूले निशा यादवलाई ह'त्या गरी घरदेखि करिव चार किलोमिटर टाढा रहेको आफ्नै खेतमा खाल्डो खनी शव पुरेको पत्ता लाग्यो ।” ६ फिट गहिरो खाल्डोबाट प्रहरीले जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको साडी तथा गलेको अवस्थामा शव फेला परेको यादवले बताए । ह'त्या के कारणले भएको थियो हालसम्म पत्ता नलागेको तर अनुसन्धान भइरहेको डीएसपी यादवको भनाइ छ । “ह'त्या किन र के कारणले भयो भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर, मृतकका श्रीमानले निशाले उसको देवरको मोबाइलबाट आफ्नी आमा र दिदीलाई फोन गरेको र त्यही कारण ह'त्या गरेको बताएका छन्,” डीएसपी यादव भन्छन्, “तर, त्यही मात्रै कारण हो भन्ने लाग्दैन । हामी वास्तविक कारण खोजिरहेका छौँ ।” महोत्तरी सोहनुवा १ की निशाको गतवर्ष फागुनमा विवाह भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क