इन्फो नेपाल — सञ्चारको सञ्जाल

६२५ पालिकामध्ये कुन पार्टीको कति स्थानमा अग्रता ?

काठमाडौँ — आइतबार बिहान सवा १० बजेसम्म ६ सय २५ स्थानीय तहमा मतगणना जारी रहेको छ । काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा गरी सबै महानगरमा मतगणना जारी रहेको छ । त्यस्तै, ११ वटै उपमहानगरपालिकामा पनि मतगणना भइरहेको छ । पछिल्लो मतगणना अपडेटअनुसार नेपाली कांग्रेसले पालिका प्रमुख/अध्यक्षमा २ सय ६५ स्थानीय तहमा अग्रता लिइरहेको छ । कांग्रेसलाई एमालेले प्रमुख/अध्यक्षमा १ सय ८२ स्थानीय तहमा अग्रता लिएर पछ्याइरहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । माओवादीले प्रमुख/अध्यक्षमा १ सय ७ स्थानीय तहमा अग्रता लिएको छ । चौथो स्थानमा जनता समाजवादी पार्टी रहेको छ । उसले २६ स्थानीय तहका अध्यक्ष/प्रमुखमा अग्रता बनाएको छ । एकीकृत समाजवादी पार्टीले भने १२ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ६ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता लिइरहेको छ । स्वतन्त्र र अन्य राजनीतिक दलले २७ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता बनाएका छन् । उपप्रमुख/उपाध्यक्षमध्ये पनि कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसले २ सय २३ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएको छ । उपप्रमुख/उपाध्यक्षमा अग्रता लिने दोस्रो स्थानमा एमाले रहेको छ । एमालेले १ सय ९७ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) १ सय २५ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीले १७, जसपाले २३, लोसपाले ६ र अन्य तथा स्वतन्त्रले २२ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएका छन् । हालसम्म २० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्ये अग्रस्थानमा एमाले रहेको छ । एमालेले ८ स्थानीय तहका प्रमुख/अध्यक्षमा जित हासिल गरेको छ । त्यस्तै, कांग्रेसले ७, माओवादीले ३ र एकीकृत समाजवादीले २ स्थानीय तहका प्रमुख/अध्यक्ष पदमा जित हासिल गरेको छ । उपप्रमुख/उपाध्यक्षतर्फ कांग्रेसले ८ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले ७, माओवादीले २, एकीकृत समाजवादीले २ र अन्यले २ स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क