इन्फो नेपाल — सञ्चारको सञ्जाल

६ महिनामै कालोपत्रे भत्कियो, कमिसन खान ठेक्का दिँदा समया

बैतडी सदरमुकामस्थित गढीदेखि गोठलापानीसम्म कालोपत्रे गरिएको सडक ठाउँठाउँमा भक्तिएपछि पुनः निर्माण कार्य थालिएको छ । चार करोड ३१ लाख रकमको सम्झौतामा के एस कन्सट्रक्सन धनगढीले कालोपत्रे गरेको उक्त सडक अहिले पुनर्निर्माण गरिएको हो । 

कालोपत्रेको काम सकिन लागेको र सडक बत्ती राख्ने तथा पेन्टिङ गर्ने कार्य बाँकी रहेको ठेकेदार पदम गाउँलेले बताए ।  ‘हामीले तीव्र गतिमा पुनर्निर्माण कार्यअघि बढाएका छौँ । अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर सहरी विकास कार्यालय र दशरथचन्द नगरपालिकालाई बुझाउन आतुर छौँ’, उनले भने, ‘यसअघि निर्माण गर्दा मौसमको प्रतिकुलताले समस्या भएको थियो । अहिले परिपक्क ढंगले निर्माण भएको छ । सडक सोलार बत्ती र पेण्टीङ लगायतको केही काम बाँकी थियो । अहिले सबै सम्पन्न गरेर सम्बन्धित् निकायलाई हस्तान्तरण गर्ने तयारीमा छौँ ।’

एक वर्ष लगाएर बनाएको सडक ६ महिनामै भत्किएकाले अब बलियोसँग बनाउनुपर्ने नागरिक समाजका अगुवा धनिराम लोहारले बताए । उनले भने, ‘यो सडक प्रयोग गरेर सुविधा होला भन्दा पनि आफ्ना मान्छेलाई रोजगारी दिन वा आफूनिकट ठेकेदारलाई ठेक्का पारेर कमिसन खान योजना हाले जस्तो लाग्छ । नत्र कुनै पनि ठेकेदारले निर्माण गरेपनि परिपक्क निर्माण हुनै सकेको छैन ।’

गढी–गोठलापानीको मुख्य सडक निर्माणको काम कमसल ढंगले भएको भन्दै सरोकारवाला निकायलाई घचघच्याएपछि पुनः काम सञ्चालन गरिएको प्रदेश सांसद लिलाधर भट्टले बताए  । सडक निर्माण कार्य अलपत्र छाडेको ठेकेदार कम्पनी र निर्माणको जिम्मा दिने कार्यालयलाई पुनः काम सञ्चालन गर्न बाध्य गराएपछि निर्माणको काम थालिएको उनले बताए ।
 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क