इन्फो नेपाल — सञ्चारको सञ्जाल

६ महिनामै पुल तयार गर्ने कम्पनीले पाएन भुक्तानी

काठमाडौं: नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ३ मा पक्की पुल सफलतापूर्वक निर्माण गरिएको छ । खरानीटार र उर्लेनीको सीमा जोड्ने पक्की पुलको ६ महिनाअघि निर्माण कार्य सुरु भएको थियो । ८ दशमलव ४ मिटर चौडाइको ४१ मिटर लम्बाइको पुलको गत शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरेका थिए । निर्माण कम्पनी जयविष्णु निर्माण सेवा र पूर्वाधार विकास कार्यालयबीच असार ३०, २०७९ मा पुल २४ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । साउन १ गते निर्माण सुरु गर्ने तालिका रहेपनि विभिन्न कारणले आयोजनाको काम कार्तिकमा सुरु गरिएको थियो । निर्माण कम्पनीले २४ महिनाभित्र काम सम्पन्न गर्ने भनिए पनि ६ महिनामा काम सम्पन्न गर्न सफल भएको छ । पक्की पुल निर्माणले यातायातमा सहजता हुने भएकाले स्थानीयवासीमा उत्साह छाएको छ । पुल निर्माणको ठेक्का ६ करोड ९९ लाख ३९ हजार रुपैयाँमा भएको थियो । पुलको काम चाँडो सम्पन्न भए पनि निर्माण कम्पनीले पूरा भुक्तानी पाएको छैन । हाल, पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायीलाई पुलको भुक्तानी पूरा गर्न रु ५ करोड ६२ लाख ६० हजार रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क