इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रहरीद्वारा ३ हजार बिगाहभन्दा बढी क्षेत्रमा गाँजाखेती फडानी

काठमाडौं | नेपाल प्रहरीले गत ६ वर्षमा देशभरका विभिन्न स्थानहरूमा लगाइएको गाँजा र अफिमखेतीलाई फडानी गरेको छ। आर्थिक वर्ष २०७५/०७६ देखि चालु आवको फागुन सम्ममा प्रहरीले ३ हजार बिगाह भन्दा धेरै क्षेत्रफलमा गरिएको गाँजाखेती फडानी गरेको हो। प्रहरीले सो अवधिमा उत्पादन भएको १९ लाख ५५ हजार ८ सय ५७ बोट गाँजा समेत फडानी गरेको छ। गाँजाखेतीबाहेक ६ सय बिगाहभन्दा धेरै क्षेत्रमा लगाइएको अफिमखेतीबाट उत्पादन भएको ११ हजार २९० बोट अफिम समेत प्रहरीले फडानी गरिसकेको छ। प्रहरीका अनुसार यी लागुऔषधमध्ये सबैभन्दा धेरै आर्थिक वर्ष २०७७/७८ मा फडानी गरिएको छ। उक्त वर्षमा प्रहरीले १ करोड ४२ लाख ८ हजार ७ सय ३२ बोट गाँजा फडानी गरेको थियो भने त्यसपछिको वर्ष अर्थात् २०७६/७७ मा ९ लाख ६५ हजार ५८ बोट गाँजा फडानी गरिएको थियो। त्यस्तै चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रहरीले प्रहरीले ४ सय बिगाह भन्दा धेरै जग्गामा खेती गरीएको गाँजा फडानी गरिसकेको छ । सो अवधिमा ३१ लाख ५१ हजार २२ बोट गाँजा प्रहरीले फडानी गरेको छ भने २ सय बिगाह भन्दा धेरै क्षेत्रफ़लमा लगाईएको ३ हजार ३ बोट अफिम समेत प्रहरीले फडानी गरेको जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क