इन्फो नेपाल — सञ्चारको सञ्जाल

७ पुसभित्र पोल भाडा नतिरे इन्टरनेटको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

काठमाडौं । पटक पटक ताकेता दिँदा पनि ​पाेलभाडा नतिरेकाे भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । ६ मंसिर मा एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले ७ पुसभित्र टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने कम्पनीहरूलाई प्राधिकरणको पोल प्रयोग गरेवापतको भाडाशुल्क तिर्न ताकेता दिएकाे थियाे । तर दिइएको समय सकिन एक हप्तामात्र बाँकी रहँदा पनि अहिलेसम्म कुनै पनि सेवाप्रदायकले सम्पर्क नगरेका कारण प्राधिकरणले पुन: सूचना प्रकाशित गरेको छ । आफ्नो विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाइ सम्झौता गर्न र नवीकरण गर्नका लागि प्राधिकरणले आग्रह गरेको छ । यद्यपि कुनै पनि सेवा प्रदायकले अहिलेसम्म सम्झौता गर्न वा सम्झौता नवीकरण गर्न नआएको साथै बक्यौता भाडा रकम पनि नबुझाएको प्राधिकरणले भनाइ छ ।  ७ पुसभित्र बक्यौता भाडा रकम भुक्तानी नगरेको खण्डमा र सम्झौताका लागि सम्पर्क नगरेमा सम्बन्धित सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । साथै यसबाट उक्त सेवा प्रदायकका सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी रहने पनि सूचनामा उल्लेख गरेको छ ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क