इन्फो नेपाल — सञ्चारको सञ्जाल

७ वर्षदेखि अलपत्र पुल

पूर्वी नवलपरासी — दुर्गम पहाडी क्षेत्रको कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ७ वर्षदेखि अलपत्र छ । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँ जोड्ने पक्की पुल निर्माण थालेको ७ वर्ष पूरा भइसक्दा पनि सम्पन्न हुन नसकेको हो । बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीका अनुसार पुल निर्माणका लागि खम्बा ठड्याएर अलपत्र पारेर ठेकेदार बेपत्ता भएका छन् । खम्बामा प्रयोग भएका फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भइसकेको सुनारीले बताए । तीनवटा खम्बा ठड्याएर अलपत्र पारेर ठेकेदारले छोडेका छन् । पुल बनाउन ल्याइएका फलाम खिया लागेर बगरमा लथालिंग छोडिएको छ । कालिगण्डकी नदीमा निर्माणाधीन यो पुलले बुलिङटार गाउँपालिका वडा नम्बर ४ कोखे र तनहुँको रिसिङ गाउँपालिकाको वडा नम्बर ६ को मधुवन गाउँ जोड्ने पुल हो । पुल नजिक पुग्ने दुबै जिल्लाबाट सडक निर्माण भइसकेको छ । तनहुँतर्फ जोडिने रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार जेभी कन्सट्रक्सन कम्पनीले यो पुल निर्माणका लागि ४० करोडमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीका मालिक जयराम लामिछाने सम्पर्कमा नै नआएको र पटकपटक फोन गर्दा पनि नउठाउने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् । 'मन्त्रालयमा पनि धेरैपटक धाइसकियो सरकारी निकायले नै वास्ता गर्दैनन्,' अध्यक्ष श्रेष्ठले भने । ताकेता गर्ने भौतिक पूर्वाधार मन्त्रालयको पुल विभागलाई धेरै पटक जानकारी गराउँदा समेत बेवास्ता भएको उनको भनाइ छ । 'ठेकेदार सम्पर्कमै छैनन् । काम पनि गर्दैनन् हाम्रो प्रयासले केही नहुने भयो,' उनले भने । गैंडाकोट बुलिङटार हुँदै मुक्तिनाथ जाने कालीगण्डकी सडक सञ्जालसँग यो पुल नजिक पर्छ । तनहुँ र नवलपरासीको पहाडी भेगमा जाने यो पुल चाँडो निर्माण होस् भन्ने स्थानीयहरूले पनि चासो देखाउँदै आएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क