इन्फो नेपाल — सञ्चारको सञ्जाल

८५ हजार दर्शकमाझ लियोनल मेस्सीको भावुक बिदाइ, अर्जेन्टिनाका लागि खेले २०८औँ तथा अन्तिम खेल

मकवानपुर । विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सीले २० वर्षभन्दा लामो यात्रापछि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट औपचारिक बिदाइ लिएका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा उपस्थित ८५ हजार दर्शकमाझ उनले आफ्नो २०८औँ तथा अन्तिम खेल खेल्दै भावुक बिदाइ लिएका हुन्।

​३९ वर्षीय मेस्सीले आफ्नो अन्तिम खेलमा पनि १ गोल गर्नुका साथै २ गोलका लागि अवसर सिर्जना (असिस्ट) गरे। खेल सकिएपछि समर्थक तथा सहकर्मीहरूलाई सम्बोधन गर्दै उनले अर्जेन्टिनाको जर्सी लगाउन पाउनु आफ्नो जीवनकै सबैभन्दा ठूलो गर्वको विषय भएको बताए। "मैले कहिल्यै संघर्ष गर्न छाडिनँ, आफ्नो सम्पूर्ण क्षमता दिन कहिल्यै पछि हटिनँ," भावुक हुँदै उनले भने।

​सन् २००५ मा सिनियर टोलीबाट डेब्यु गरेका मेस्सीले लामो समयको निराशापछि सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप ट्रफी दिलाएका थिए। उनले राष्ट्रिय टोलीको सुख-दुःखमा साथ दिने समर्थक र सहकर्मीहरूलाई धन्यवाद दिँदै आगामी नयाँ पुस्तालाई एकताबद्ध भएर अघि बढ्न सुझाव दिए।

​बिदाइ खेलअघि मेस्सीलाई खेलकुद र समाजमा पुर्‍याएको योगदानको कदर गर्दै ब्युनस आयर्स विश्वविद्यालय (UBA) ले मानार्थ विद्यावारिधिको उपाधिसमेत प्रदान गरेको थियो। ८ पटकका बालोन डी'ओर विजेता मेस्सीले अब मैदानबाहिर रहेर राष्ट्रिय टोलीको समर्थकका रूपमा साथ दिने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क