इन्फो नेपाल — सञ्चारको सञ्जाल

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिकालाई

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । १६ गतेबाट सञ्चालन गरेको द नर्थ वरुण युथ क्लवले आयेजनामा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी भोजपुरको षडानन्द नगरपालिकाले हात पारेको छ । संखुवासभाको मकालु गाउँपालिकामा सम्पन्न फाइनल खेलमामा संखुवासभाको सभापोखरी गाउँपालिकालाई ३-१ को सेटमा पराजित गर्दै उपाधि कव्जा गरेको हो । प्रतियोगिताको तेस्रो स्थानको लागि सम्पन्न खेलमा खाँदबारी नगरपालिकालाई सोझो सेटमा हराउँदै आयोजक मकालु गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ भने खाँदबारीले सान्वनामा चित्त बुझाएको छ । प्रतियोगितामा प्रथम र द्धीतीय स्थान हासिल गर्ने टिम षडानन्द नगरपालिका र सभापोखरी गाउँपालिकाले क्रमशः एक लाख ६० हजार र ९४ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा मकालु गाउँपलिका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेहरुलाई समेत बिहिबार सम्मान गरिएको छ । बिहीबार साँझ राष्टिय ख्यातिप्राप्त कलाकार मिलन नेवारको साथमा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति भएको छ । क्लवले आयेजना गरेको चार दिवसीय संस्कृति संरक्षण, पर्यटन प्रवद्र्धन तथा विषेश सम्मान कार्यक्रम एवम् अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरिएको हो ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क