इन्फो नेपाल — सञ्चारको सञ्जाल

तरहरामा दुई दिने उदघोषण तथा भाषण कला तालिम संचालन

इटहरी: इटहरीको तरहरामा दुई दिने उदघोषण तथा भाषण कला तालिम संचालन गरिएको छ । आईतबारबाट इटहरी उपमहानगरपालिका वडा नम्बर २०को आयोजनामा दुई दिने उद्घोषण तथा भाषण कला तालिम सञ्चालन गरिएको हो । आफ्ना वडाका जातीय संस्था र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको क्षमता वृद्धि गर्नका लागि दुई दिने उद्घोषण तथा भाषण कला तालिम संचालन गरिएको इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए । [caption id="attachment_39667" align="alignnone" width="1600"] तालिममा सहभागीहरु । तस्बिर : सन्जिप तिम्सिना/ इन्फो नेपाल ।[/caption] इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा वडा सदस्य तनुज गुरुङ, जिल्ला समन्वय समिति सदस्य कुमारी बि.क, सामाजिक विकास शाखा अधिकृत नेत्र न्यौपाने लगायतको सहभागिता रहेको थियो । कृषि अनुसन्धान निर्देशनालय इटहरी २० तरहराको भवनमा नेपाल जेसीजका पुर्व राष्ट्रिय तालिम आयुक्त तथा राष्ट्रिय प्रशिक्षक सुनिल तिम्सिनाको प्रशिक्षणमा तालिम सुरु भएको हो ।
  • इटहरी २०को सूचना
 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क