इन्फो नेपाल — सञ्चारको सञ्जाल

अर्नब' चक्रवातको प्रभाव: देशैभर वर्षा र हिमपात सुरु, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका सबै भूभागमा मौसम बदली भई वर्षा र हिमपात सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा आकाश मेघले ढाकेको छ भने कतैकतै वर्षा तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ।

​आज रातीदेखि आगामी दुई दिनसम्म थप वर्षा तथा हिमपात हुन सक्ने विभागकी वरिष्ठ मौसमविद् एवं प्रवक्ता विभूति पोखरेलले जानकारी दिएकी छन्। उनका अनुसार केही क्षेत्रमा मुसलधारे वर्षा र धेरै स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा बढी सतर्कता अपनाउनुपर्ने मौसमविद्ले बताएका छन्।

​राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत विज्ञप्ति जारी गर्दै आगामी तीन दिनसम्म हावाहुरी, चट्याङ र हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ। भारतमा जनधनको क्षति पुर्‍याइसकेको यो समुद्री आँधी नेपाल भित्रिँदा केही कमजोर भए पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा व्यापक हिमपातको जोखिम कायमै छ।

​संभावित जोखिमलाई मध्यनजर गर्दै पर्यटन विभागलगायतका निकायले हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्राका कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन्। त्यस्तै, वर्षाका कारण बालीमा क्षति पुग्न सक्ने भएकाले आगामी तीन दिनसम्म धान नकाट्न विज्ञहरूले सुझाव दिएका छन्।

​हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन र वैकल्पिक उडान योजनालाई पूर्ण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्भावित जोखिमबाट बच्न सुरक्षा निकायमार्फत ठाउँठाउँमा माइकिङ गरी सचेतना फैलाइएको छ। सरकारले सर्वसाधारणलाई अफवाहको पछि नलाग्न र आधिकारिक निकायका सूचना पालना गर्न अनुरोध गरेको छ। यो मौसमी प्रणाली आगामी शनिबार बेलुकादेखि बाहिरिने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

कोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आ…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अबको दुई हप्ता देशभर मौसम सफा रहने

काठमाडाैँ । पश्चिमी न्यूनचापीय प्रणाली निष्क्रिय भएसँगै अबको करिब दुई हप्तासम्म देशका अधिकांश स्थानको मौसम सफा रहने भएको छ। हिजो (आइतबार) केही स्थानमा वर्षा र हिमपात गराएको उक्त प्…

इन्फो डेस्क