इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज हिमाली भेगका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडाैँ । यस वर्षको तिहार अवधिभर देशका धेरैजसो भूभागमा मौसम सफा र घमाइलो रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्ने र तराईको मौसम मुख्यतया सफा रहनेछ।

​अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

​भोलि काग तिहारदेखि बुधबार भाइटीकाको दिनसम्म तिहारका पाँचै दिन धेरैजसो क्षेत्रमा मौसम अनुकूल रहने पूर्वानुमान गरिएको छ। तराईका धेरैजसो ठाउँमा मौसम सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा आंशिक बदली हुनेछ।

​पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली र पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि त्यसको प्रभाव निकै सामान्य रहने महाशाखाले जनाएको छ। साथै, तिहारका दिनहरूमा बिहानपख तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लाग्न सक्नेछ।

सम्बन्धित समाचार

कोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आ…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अबको दुई हप्ता देशभर मौसम सफा रहने

काठमाडाैँ । पश्चिमी न्यूनचापीय प्रणाली निष्क्रिय भएसँगै अबको करिब दुई हप्तासम्म देशका अधिकांश स्थानको मौसम सफा रहने भएको छ। हिजो (आइतबार) केही स्थानमा वर्षा र हिमपात गराएको उक्त प्…

इन्फो डेस्क