कृषीमोरङमा मकै उत्पादनमा वृद्धि, तीन वर्षमा उत्पादकत्व शून्य दशमलव ४० प्रतिशतले बढ्यो

मोरङमा मकै उत्पादनमा वृद्धि, तीन वर्षमा उत्पादकत्व शून्य दशमलव ४० प्रतिशतले बढ्यो

सुनसरी । चालु आर्थिक वर्ष २०८१/०८२ मा मोरङ जिल्लामा मकै उत्पादन १ लाख ४७ हजार ७ सय मेट्रिक टन पुगेको छ । कृषि ज्ञान केन्द्र मोरङका अनुसार २१ हजार १ सय हेक्टर क्षेत्रमा मकै खेती गरिएकोमा उत्पादकत्व अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ ।

ज्ञान केन्द्र मोरङकी प्रमुख दीपा देवकाका अनुसार गत आवमा २० हजार ४५२ हेक्टर क्षेत्रमा १ लाख ४१ हजार ११८ दशमलव ८० मेट्रिक टन मकै उत्पादन भएको थियो । उक्त वर्ष प्रति हेक्टर ६ दशमलव ९० मेट्रिक टन मकै उत्पादन हुँदा चालु वर्षमा यो संख्या बढेर सात मेट्रिक टन पुगेको छ ।

उहाँले मल, सिँचाइ, र प्रविधिको पहुँच किसानसम्म पुग्न सके उत्पादकत्व अझ बढ्न सक्ने बताउनुभयो ।

विगत तीन वर्षको तथ्यांकअनुसार, आर्थिक वर्ष ०७९/०८० मा २० हजार ५२ हेक्टरमा मकै खेती भएको थियो । उक्त वर्ष १ लाख ३२ हजार ३४३ दशमलव २० मेट्रिक टन मकै उत्पादन भएको थियो । तीन वर्ष अघिको उत्पादकत्व ६ दशमलव ६० मेट्रिक टन थियो भने चालु वर्षमा प्रति हेक्टर उत्पादकत्व ०.४० प्रतिशतले वृद्धि भइसकेको छ ।

मोरङको दक्षिणी क्षेत्रमा पर्ने रतुवामाई, सुनवर्षी, रङ्गेली नगरपालिका र धनपालथान, जहदा, कटहरी गाउँपालिकामा मकैको सघन खेती हुँदै आएको छ । त्यस्तै, पथरीशनिश्चरे नगरपालिका–५ र ६, कानेपोखरी गाउँपालिका–१, २ र ३ मा समेत मकैको व्यावसायिक खेती विस्तार भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार पछिल्ला तीन वर्षयता गहुँ उत्पादनमा आएको ह्राससँगै किसान मकैतर्फ आकर्षित हुँदै गएको र त्यसैले उत्पादन समेत वृद्धिमा गएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img