आज कार्तिक कृष्णपक्षको नवमी तिथि (१४:४६ सम्म) र चन्द्रमा कर्कट राशिमा रहेकोले भावनात्मक सन्तुलन र पारिवारिक सम्बन्धमा विशेष ध्यान दिनुपर्छ। बिहान तिष्य नक्षत्र (१६:५५ सम्म) शुभ कार्य, नयाँ सुरुवात र महत्वपूर्ण निर्णयका लागि अत्यन्तै अनुकूल छ। सिद्ध योग (१०:०० सम्म) विशेष सफलताको सङ्केत गर्दछ – यस समयमा गरिने कुनै पनि काम सहज र सफल हुन्छ। दिउँसो पछि वणिज करणले व्यावसायिक कारोबार, आर्थिक लेनदेन र व्यापारिक सम्झौताका लागि लाभदायी समय प्रदान गर्छ। शरद ऋतु र दक्षिणायन भएकोले स्वास्थ्य र पोषणमा ध्यान दिनु आवश्यक छ। समग्रमा आज धार्मिक अनुष्ठान, पितृकार्य, नयाँ योजना र महत्वपूर्ण कामका लागि अत्यन्तै शुभ र फलदायी दिन हो। (सूर्योदय ६:०४ | सूर्यास्त १७:३३)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरायसी काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्न सक्छ। श्रम गरेबमोजिम कार्यालयको काम सम्पादन हुन्छ। इच्छानुसार आत्मीयजनसँग कुरा हुन्छ तर भेटघाटको मौका मिल्दैन। मन एकतमासको र भावुक बन्छ। गर्दै नगरेको काममा फँस्न सक्नुहुन्छ, झूठो आक्षेप वा झगडा हुन सक्छ। भाग्यबल ४०%, शुभअङ्क ४, शुभरङ सिम्रिक रातो। मन्त्र: ॐ नमःभद्रकाल्यै (०९ पटक)।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदार र सहकर्मीको सुझाव लाभदायी हुन्छ। कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय हुनुहुन्छ। चुस्त व्यवस्थापनले बेफाइदा हुँदैन। माइतीपक्ष वा दिदीबहिनीबाट शुभ समाचार आउँछ। धार्मिक र सामाजिक काममा दौडधूप गर्नुपर्छ। साथीसँग छलफल गरी नयाँ कुरो सिक्ने दिन हो। भाग्यबल १००%, शुभअङ्क ३, शुभरङ हरियो। मन्त्र: ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः (०८ पटक)।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
निर्णय लिनुहोस्, नबन्ने काम पनि बन्छन्। व्यक्तित्व विकास हुन्छ, आफन्त र सहकर्मीसँगको सम्बन्ध मजबुत बन्छ। विवाद वा मतभेदको समाधान पहिल्याउनुहोस्। आनन्द र प्रसन्नताका साथ नियमित काम सम्पन्न हुन्छन्। आयको नयाँ स्रोत भेटिन्छ, कमाएको धन सञ्चित गर्न सकिन्छ। बोल्दा विचार गर्नुहोस् नत्र नोकझोक बढ्छ। भाग्यबल १००%, शुभअङ्क २, शुभरङ सेतो/उज्यालो। मन्त्र: ॐ बुं बुधाय नमः (०८ पटक)।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रत्येक काममा बाधा र ढिलाइ हुन सक्छ। असुरक्षाको हीनभावना विकसित हुन सक्छ। कामको बोझ बढ्छ तर घर र कार्यस्थलमा खुसीको वातावरण छ। आर्थिक मन्दी छ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्। जीवनसाथी र परिवारको पूर्ण सहयोग मिल्छ। हठ र जिद छ भने समस्या निम्तिन्छ। भाग्यबल ९०%, शुभअङ्क १, शुभरङ घिउरङ। मन्त्र: ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः (११ पटक)।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठनपाठनमा ध्यान केन्द्रित हुँदैन। चित्त शान्त पार्न मेडिटेसन, योग र ध्यानतर्फ लाग्नुहोस्। एकाग्रतामा कमी हुन्छ, एउटै विषयमा ध्यान दिन गाह्रो हुन्छ। बाहिर सामान्य देखिनुहुन्छ तर भित्र भावनाको बेग छ। विवादास्पद कामले धन दिए पनि आत्मसम्मानमा बाधा पर्छ। बाध्यात्मक काममा सञ्चित धन खर्च हुन्छ। भाग्यबल ३०%, शुभअङ्क ३, शुभरङ सेतो। मन्त्र: ॐ त्र्यम्बकाय नमः (२१ पटक)।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बौद्धिक सामर्थ्यले समान विचारधाराका व्यक्ति आकर्षित हुन्छन्। मित्रता र साझेदारीका लागि अनुकूल समय हो। आवेग नियन्त्रण गर्दै अनुशासन पालना गर्नुहोस्। रोकिएको काम बन्छ, पदीय दायित्वमा बृद्धि हुन्छ। आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिन्छ। आन्तरिक सम्बन्ध सुदृढ हुन्छ, शत्रु आफैं तर्किएर हिँड्छन्। भाग्यबल १००%, शुभअङ्क २, शुभरङ सेतो। मन्त्र: ॐ ऐं श्रीं श्रीं बुधाय नमः (०८ पटक)।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लेखन, परामर्श, वकालत, शेयर मार्केट र वाणीप्रधान कामबाट फाइदा हुन्छ। दाम्पत्य जीवन सुखमय रहन्छ तर जिम्मेवारी बढ्छ। घरपरिवार र आफन्तको काममा बढी खट्नुपर्छ। इच्छाशक्ति बढ्छ, लक्ष्य प्राप्त गर्ने साहस जुट्छ। प्रविधि र खोजमूलक विषयका विद्यार्थीले राम्रो गर्छन्। भाग्यबल ८५%, शुभअङ्क १, शुभरङ हरियो। मन्त्र: ॐ रोहिणीपुत्राय नमः (०८ पटक)।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य काम गरेर दङ्ग पार्ने दिन हो। चुनौती र सङ्घर्षमा काम निकालेर इज्जत जोगाउनुहुन्छ। प्रेमीप्रेमिकाको सामीप्य बढ्छ, प्रेमसम्बन्ध गाढा बन्छ। मिहिनेत र प्रयासको राम्रो परिणाम मिल्छ। मन अध्यात्म र दार्शनिकतातर्फ मोडिन्छ। भाग्यबल ३०%, शुभअङ्क ९, शुभरङ घिउरङ। मन्त्र: ॐ चं चन्द्रमसे नमः (११ पटक)।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनमा नवीन कार्य गर्ने भावना जाग्छ तर मनको कुरो मनैमा रहन सक्छ। महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ। सिनियर स्टाफ र हाकिमसँगको सम्बन्धमा नकारात्मकता देखिन्छ। करियर वा कामधाममा बाधा छ भने तनाव नलिनुहोस्। कामको गुणस्तर सुधार गर्न प्रयास गर्नुहोस्। भाग्यबल ०५%, शुभअङ्क ८, शुभरङ रातो। मन्त्र: ॐ सङ्कटाभगवत्यै नमः (०९ पटक)।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आन्तरिक तिर्सनाको परिपूर्ति हुन्छ। पतिपत्नीबीच समझदारी बढ्छ। भनुँ भनुँ लागेको कुरा बताउने दिन हो। रमणीयता र भावुकतामा भुलिंदा पढाइमा कमजोरी देखिन्छ। लक्ष्यका लागि कडा मिहिनेत गर्नुहोस्। नयाँ मित्रता वा सम्बन्धमा उत्सुक हुनुहुन्छ तर बाचाबन्धन नगर्नुहोस्। भाग्यबल ४०%, शुभअङ्क ७, शुभरङ रातो। मन्त्र: ॐ राधाकृष्णाभ्यां नमः (११ पटक)।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घमण्ड र क्रोधमा बृद्धि हुन्छ। व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीबीच तालमेल मिलाउनुहोस्। जिद्दीपन बढ्छ, जिम्मेबारीप्रति लगाव देखिँदैन। परीक्षामा खरो उत्रन धेरै मिहिनेत गर्नुहोस्। ताकेको काम सम्पन्न हुन्छ, सानो विवाद बेवास्ता गर्नुहोस्। शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहनुहोस्। भाग्यबल ८५%, शुभअङ्क ६, शुभरङ रातो। मन्त्र: ॐ देवीद्यौराल्यै नमः (११ पटक)।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सँगीसाथी र प्रियजन जीवनका महत्त्वपूर्ण पक्ष हुन्। व्यक्तिगत जिम्मेवारी र हार्दिकताबीच सन्तुलन राख्नुहोस्। सोच्ने सामर्थ्यमा कमी भएको महसुस हुन्छ। एकान्तमा मन रमाउँछ तर सामाजिकतामा ध्यान दिनुहोस्। आत्मविश्वासमा बृद्धि हुँदा थप सफलता मिल्छ। शिक्षा, आर्थिक कारोबार र गहना व्यापारीका लागि राम्रो दिन हो। भाग्यबल ९५%, शुभअङ्क ५, शुभरङ रातो/हरियो। मन्त्र: ॐ सोमजाय नमः (०८ पटक)।




