अन्तर्राष्ट्रियजापानमा संक्रमणका कारण एकै दिन ४१५ जनाको मृत्यु

जापानमा संक्रमणका कारण एकै दिन ४१५ जनाको मृत्यु

जापान । जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनाको मृत्यु भएको छ । कोभिडका कारण एकै दिनमा मृत्यु हुनेको यो सबैभन्दा धेरै संख्या हो ।

अघिल्लो दिन कोभिडका कारण २ सय ७१ जनाको मृत्यु भएको थियो । राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगरीय सरकारले जनाएको छ ।

बुधबार देशभर २ लाख १६ हजार २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा १३ हजार ३५६ बढी हो । राजधानी टोकियोमा आज २० हजार २४३ नयाँ संक्रमित थपिएका छन् ।

देशभर आईसीयू र भेन्टिलेटरमा उपचार आवश्यक पर्ने ५७७ बिरामी पनि छन् । यो मंगलबारको तुलनामा ५ कम हो । टोकियोमा पनि कोभिडका गम्भीर बिरामीको संख्या घटेर ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img