सुनसरी / आज आइतबार बिहान काठमाडौं देखि पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज सेती खोंचमा दुर्घटनामा पर्दा जहाजमा रहिकी विराटनगरकि को–पाइलट रहेकी अञ्जु खतिवडाको निधन भएको छ ।
यति एयरको एटिआरमा ७२ जना विमान ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाउँदा को–पाइलट खतिवडा रहकी थिईन् । विराटनगर ५ घर भएकी अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन्। अञ्जु जहाज दुर्घटनाले दिएको पारिवारिक वियोगपछि पाइलट पढेकी थिइन् ।
केही वर्ष अघि सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा उनका श्रीमान् दीपक पोखरेललेको निधन भएको थियो । पोखरेलको निधन पछस अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिईन ।
विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेका पोखरेलका अनुसार ‘उहाँका बुवाले पहिला ज्वाइँ पनि जहाज दुर्घटनामा मृत्यु भएको, आज छोरीको पनि दुर्घटना भयको , अञ्जुले झन्डै एक सय घन्टा जहाज उडाएकी थिइन् । जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन् । स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।
यति एयरलाइन्सका अनुसार अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन् । आज प्रशिक्षक पाइलटको रुपमा रहेका केसीले अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए।
त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएको छ । उनको मृत्युप्रति नेपाल पत्रकार महासंघले विज्ञप्तिमार्फत स्तब्ध भएको जनाएको छ ।
आज बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त भएको थियो ।