Friday, February 7, 2025
समाजइन्फो नेपाल संवाददाता बसन्त भण्डारी सम्मानित

इन्फो नेपाल संवाददाता बसन्त भण्डारी सम्मानित

मकवानपुर: इन्फो नेपाल संवाददाता बसन्त भण्डारी सम्मानित भएका छन । मकवानपुरको बागमती गाउँपालिकाले आयोजना गरेको अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रममा भण्डारीलाई सम्मान गरिएको हो ।

भण्डारीलाई आयोजकले गाउँपालिकाको विभिन्न क्षेत्रको समाचार प्रकाशन गरेर सहयोग पु¥याएको भनी सम्मान गरेको हो । कार्यक्रममा भण्डारी सहित ६ जना पत्रकारलाई गाउँपालिकाले नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरेको छ ।

जसमा समृद्ध समाज राष्ट्रिय दैनिकका रबिन्द्र वाईवा, ताम्सालिङ खबरका दिल बहादुर लामा, मेरो पत्रका बिशाल कुमार राई, बागमती सन्देशका आशिष तामाङ र रेडियो झुरझुरेका विवेक सिंतान रहेका छन ।

बागमती गाउँपालिकाले पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको हो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस