बागमती प्रदेशमकवानपुरहेटौँडामा सडक विस्तार: उद्योग वाणिज्य संघले सरकारलाई ध्यानाकर्षण गरायो

हेटौँडामा सडक विस्तार: उद्योग वाणिज्य संघले सरकारलाई ध्यानाकर्षण गरायो

हेटौँडा | सडक डिभिजन कार्यालय हेटौडाले राप्ती पुलदेखि बुद्धचोक र रातोमाटेदेखि सामरी पुलसम्म पर्ने राजमार्गको २५/२५ गज भित्रका संरचना १५ दिनभित्र खाली गर्न सूचना जारी गरेको विषयमा मकवानपुर उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ।

संघले विज्ञप्ति जारी गर्दै हेटौडाका घरधनी र व्यवसायीमा उत्पन्न अन्यौलतालाई सम्बोधन गर्दै, सडक विस्तार गर्दा पीडितलाई उचित मुआब्जा र व्यवस्थापन सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार संघले स्थानीय सरकार, उपमहानगरपालिका, जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय मन्त्रालयसम्म समस्या उठाउँदै समाधान खोज्ने पहल गरिसकेको छ।

संघले बन्द, हड़ताल वा तोड़फोड जस्ता अराजक गतिविधिमा भरोसा नगरी विधिसम्मत तरिकाबाट व्यवसायीको हित र हेटौडाको दीर्घकालीन विकास सुनिश्चित गर्न निरन्तर सक्रिय रहिरहेको जनाएको छ। संघको भनाइ अनुसार, सडक विस्तार आवश्यक भए पनि पीडितको हकहितलाई बेवास्ता नगरी, शान्तिपूर्ण र विश्वसनीय उपायबाट मात्र काम अघि बढाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img