इन्फो नेपाल — सञ्चारको सञ्जाल

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ।

​फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर ठोक्किएका हुन्। सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा परी ज्यान गुमाएका विदेशी नागरिकको शव प्रभु हेलिकोप्टरमार्फत उद्धार गरी लुक्ला ल्याइएको छ।

​दुर्घटनामा घाइते भएका थप एकजनालाई उपचारका लागि माउन्टेन हेलिकोप्टरमार्फत अस्पताल पठाइएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अविरल वर्षाका कारण तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्याे

मकवानपुर । लगातारको वर्षाका कारण रुपन्देहीको तिनाउ र नुवाकोटको त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह लगातार बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदी तटीय…

इन्फो डेस्क