इन्फो नेपाल — सञ्चारको सञ्जाल

अविरल वर्षाका कारण तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्याे

मकवानपुर । लगातारको वर्षाका कारण रुपन्देहीको तिनाउ र नुवाकोटको त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह लगातार बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

​महाशाखाका अनुसार रुपन्देहीको बुटवल जलमापन केन्द्रमा तिनाउ नदी र नुवाकोटको धुन्चे जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतहले खतराको पूर्वसङ्केत अर्थात् सतर्कता तह नाघेको हो। बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनारका सडकबाट यात्रा नगर्न र सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत गराएको छ।

​अविरल वर्षाका कारण बुटवलसहित देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै लुम्बिनी प्रदेशमा सशस्त्र प्रहरीको टोलीलाई आवश्यक उपकरणसहित उच्च सतर्क अवस्थामा राखिएको छ।

​हाल तिनाउ र त्रिशूलीसहित बूढीगण्डकी, मर्स्याङ्दी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। पूर्वतर्फ कोशी क्षेत्रमा वर्षाको क्रम केही घटे पनि भोटेकोशी, तामाकोशी, सुनकोशी, रोशी र दूधकोशी जलाधारमा वर्षा जारी रहने भएकाले सप्तकोशी तटीय क्षेत्र (सप्तरी र सुनसरी) मा पनि जोखिम कायम रहेको मौसमविद्हरूले जनाएका छन्।

​मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी आइतबारसम्म नै देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क