कोशी प्रदेशइटहरीइटहरी उपमहानगरमा अर्बौंको क्षति

इटहरी उपमहानगरमा अर्बौंको क्षति

इटहरी | जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि इटहरी उपमहानगरपालिकादेखि संघीय र स्थानीय निकायसम्म अर्बौं मूल्यबराबरका सम्पत्ति खरानी बनेका छन्। नगरपालिकाको भवनसहित महत्त्वपूर्ण कागजात, आधिकारिक गाडी, सरसफाइका साधन र एम्बुलेन्स जलेपछि दैनिक कामकाज ठप्प बनेको छ। स्वास्थ्य, सरसफाइ र आकस्मिक सेवा प्रत्यक्ष प्रभावित भएको कर्मचारीहरूले बताएका छन्।

इलाका प्रहरी कार्यालय इटहरीमा भएको आगजनीले सुरक्षासेवा नै संकटमा परेको छ। प्रहरीका गाडी, कागजात र संरचना जलेपछि घटनामा संलग्नलाई नियन्त्रण गर्न कठिन भएको छ। नागरिकले नगरपालिका बन्द र प्रहरी आफैं असमर्थ बनेको अवस्थामा असुरक्षित महसुस गर्न थालेका छन्।

आन्दोलनकारीले नगरपालिकामात्र होइन, वडा नं. १६, १८ र ९ का कार्यालयमा आगजनी गरेका छन् भने वडा नं. २ र १७ मा तोडफोड गरेका छन्। राजस्व अनुसन्धान कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र कोशी प्रदेश ट्राफिक कार्यालय पनि आगजनीमा परेका छन्। अस्थायी प्रहरी चौकी हलगडामा समेत आगो लगाइएको छ। त्यस्तै एमाले पार्टी कार्यालय (इटहरी–९) तोडफोड गरिँदा बाहिरी भागमा आगजनी भएको छ। भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाटको प्रयाससमेत गरिएको प्रहरीले जनाएको छ।

निजी घरहरू पनि अछुतो रहेनन्। इटहरीका मेयर हेमकर्ण पौडेल, वडा नं. ८ का अध्यक्ष रोहित चौधरी र कोशी प्रदेश कानुन मन्त्री रेवतीरमण भण्डारीको घरमा समेत आन्दोलनकारीले आगजनी वा तोडफोड गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img