कोशी प्रदेशइटहरीइटहरी उपमहानगरको कार्यपालिका बैठक भुईँमै, असोज ४ पछि सेवा सुरु गर्ने निर्णय

इटहरी उपमहानगरको कार्यपालिका बैठक भुईँमै, असोज ४ पछि सेवा सुरु गर्ने निर्णय

इटहरी | जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि इटहरी उपमहानगरपालिकाले असोज ४ गतेपछि सामान्य सेवा सुरु गर्ने निर्णय गरेको छ।

सोमबार उपमहानगरको प्राङ्गणमै कार्यपालिका बैठक बसेको थियो। मेयर हेमकर्ण पौडेल, उपप्रमुख सङ्गीता चौधरीसहितका सदस्यहरू भुईँमै बस्दै बैठकमा सहभागी भएका थिए। चकटी वा गुन्द्रीसमेत नओछ्याई बसेको बैठकले कार्यालयका प्रमुखहरूलाई अत्यावश्यक सामग्रीहरूको सूची तयार गर्न निर्देशन दिएको छ।

बैठकपछि मेयर पौडेलले जनताको आवश्यक सेवा जस्तोसुकै परिस्थितिमा पनि अवरुद्ध हुन नदिने बताए। “असोज ४ गतेपछि जनताका कामका लागि सेवा सुरु हुन्छ,” उनले भने।

बैठकमा सहभागी सदस्यहरूले आन्दोलनका क्रममा भएको क्षति र घुसपैठ गरी आगजनी गर्नेहरूमाथि कार्यवाही हुनुपर्नेमा जोड दिएका थिए।

भदौ २३ र २४ गतेको आन्दोलनमा उपमहानगरको भवनमा आगलागी भएको थियो। मेयर पौडेल बस्ने भवन पूर्ण रूपमा खरानी बनेको छ भने उनको निजी घरमा समेत आगो लगाइएको थियो। सो क्रममा इटहरीमा दुई जनाको गोली लागी मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img