Thursday, January 23, 2025
समाजयतिको जहाज हेर्नमा चिटिक्क, भित्र थोत्रो

यतिको जहाज हेर्नमा चिटिक्क, भित्र थोत्रो

काठमाडौं- काठमाडौं । धेरै दुर्घटना हुने एयरलाइन्स मध्येको एक यति एयरलाइनसको विमान पुनः दुर्घटनामा परेको छ । आइतबार काठमाडौंदेखि पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर ७२ विमान दुर्घटनामा परेको छ ।

आकाशबाटै अनियन्त्रित बनेको सो विमान पोखराको पुरानो विमानस्थल पछाडीको घना बस्तीको बीचमा रहेको सेती नदी खोँचमा खसेको थियो ।दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज १५ वर्ष पुरानो भएको पाईएको छ ।

यता अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ), उडयन प्रशासन लगायतका संस्थाले समेत यति एअरलाईन्स नचढ्न भनेका छन् । अन्तर्राष्ट्रिय रुपमा यति एअरलाइन्सले ‘सुरक्षा प्रमाण पत्र’ समेत पाएको छैन । विभिन्न अध्ययनका क्रममा युरोपियन युनियनले यति एअरलाइन्सलाइ प्रतिबन्ध नै लगाएको भेटिएको छ ।

यति एयरलाइन्सले पूराना जहाज र नेपाल एयरलाइन्ससँग कवाडीको मूल्यमा खरिद गरिएको जहाजलाई मर्मतसम्भार तथा रंगरोगन गरेर नयाँजस्तै बनाएर उडान भर्दै आएको आरोपसमेत विगतदेखि नै लाग्दै आएको थियो । यतिको जहाजहरुको इन्जिनको बीमा नहुने तथा जहाज र यात्रुको मात्रै बीमा हुने गरेको विषयमा यस अघि नै विभिन्न सञ्चार माध्यमले समाचार सम्प्रेषण गरिसकेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img