समाजजुम्लामा बिहानदेखि भारी हिमपात

जुम्लामा बिहानदेखि भारी हिमपात

जुम्ला । जुम्लामा आज (मंगलबार) बिहानदेखि भारी हिमपात भइरहेको छ । हिमपातले जुम्ला सेताम्य भएको छ । जिल्लाको सबै क्षेत्रमा हिउँ परेसँगै जनजीवन निकै कष्टकर बनेको छ ।

भारी हिमपातले बिहानैदेखि मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । पशुवस्तुलाई समेत गोठबाट निकाल्न गाह्रो भएको स्थानीय बताउछन् ।

लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो । भोकमरी हुने भन्दै किसान चिन्तामा थिए । चन्दननाथ–२ का गोविन्द आचार्यले हिमपात पछि बालीनाली सप्रिने बताए । अहिले पाँच इन्च हिउँ परिसकेको छ ।

हिमपात जारी रहेकोले जमिनमा चिस्यानको मात्रा बढ्ने उनले बताए । हिमपातले बिहानैदेखि सडक यातायात ठप्प छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img