समाजदशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

हेटौँडा | अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइत विभिन्न देशअनुसार तोकेको छ। नेपालका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै असोज १६ गते बिहान ११:५३ बजे साइत उत्तम हुने जनाएको छ।

शनिबार अन्तर्राष्ट्रिय समितिले सार्वजनिक गरेको विवरणअनुसार भारतमा टीकाको उत्तम साइत ११:४९, अमेरिकाको न्युयोर्कमा ११:२५, अमेरिकाकै फ्र्यांकफर्ट (केन्टुकी) मा ११:५७, टेक्सासमा ११:३३, क्यालिफोर्नियामा ११:११, क्यानडाको टोरेन्टोमा ११:११ र अष्ट्रेलियाको सिड्नीमा ११:४३ बजे रहेको छ।

यस वर्षको दशैं असोज ६ गते घटस्थापनासँगै सुरु हुँदैछ। असोज ७ गते मंगलबार बिहान ९:५३ बजे कलशमा झण्डा फेर्ने साइत पर्छ। असोज ११ गते शनिबार श्री पचलीभैरव यात्रा निकालिने छ।

असोज १३ गते सोमबार फूलपाती भित्र्याइनेछ। सो दिन बिहान ७:१७ बजे श्री तुलजाभवानी यात्रा र बिहान ९:२३ बजे स्थिरासनको साइत तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img