इन्फो नेपाल — सञ्चारको सञ्जाल

करको दर बढाएर मात्र राजस्व बढ्दैन, उत्पादन र रोजगारी बढाउनुपर्छः मुख्यमन्त्री थापा मगर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने स्पष्ट पार्नुभएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उत्पादन, लगानी र आर्थिक गतिविधि विस्तार गरेर करको आधार फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको हो।

​मुख्यमन्त्री थापा मगरले कर प्रणाली न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने बताएका छन्। “हाम्रो लक्ष्य करको भार बढाउने होइन, उत्पादन र आर्थिक गतिविधि बढाएर कर तिर्न सक्ने नागरिक तथा व्यवसायको संख्या बढाउने हुनुपर्दछ,” उहाँले भन्नुभयो। इमानदारीपूर्वक कर तिर्ने नागरिकलाई प्रोत्साहन र कर छली गर्नेको प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो।

​नागरिकले तिरेको करको सदुपयोग र सार्वजनिक खर्चको पारदर्शिता सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले सरकारको सफलता खर्च भएको बजेटले भन्दा नागरिकको जीवनमा आएको परिवर्तनले मापन हुने बताएका छन्। उनले बाह्य ऋण र अनुदानमा अत्यधिक निर्भर रहँदा दीर्घकालीन आर्थिक जोखिम निम्तिने भन्दै आन्तरिक राजस्व परिचालनबाटै आर्थिक आत्मनिर्भरता हासिल गर्नुपर्ने धारणा राखे।

​डिजिटल अर्थतन्त्रअनुसार कर प्रशासनलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै उनले कर कार्यालयहरू नागरिकका लागि झन्झट होइन, सेवा र सहजीकरणको केन्द्र बन्नुपर्ने बताए। कार्यक्रममा कृषि, उद्योग, पर्यटन र सूचना प्रविधिलाई रोजगारीसँग जोड्दै प्रदेशको आर्थिक आधार बलियो बनाइने सरकारको प्रतिबद्धता व्यक्त गरिएको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क