इन्फो नेपाल — सञ्चारको सञ्जाल

अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकाले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरेको छ । २०८५ साल भित्र सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गर्ने अभियान अन्तर्गत बुधबार बागमती गाउपालिकाको परिसरमा बृहत कार्यक्रमको बीच अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरिएको हो । घोषणा सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अहिलेको शिक्षा प्रणालीमा प्रश्न उठिरहेको बेला अनिवार्य शिक्षा प्रदान गर्न चुनौतिका बीचमा पनि कार्यक्रम सफल गर्न सकेको बताईन । यस्तै बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी 'छिन्तु'ले कार्यक्रमको घोषणा भएपनि कार्यन्वयन गर्न चुनौतीहरुको चाङ हुने बताए । हाल यस पलिकामा बिद्यालय बाहिर रहेको २ सय ५० जना बालबालिकालाई बिद्यालयसम्म ल्याउने बाताबरण तय गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । अभिवाकको समस्या, आर्थिक, सामाजिक समस्या र भौगोलिक समस्या के हो भनी सबै कुराको खोजी गरेर समस्याको समाधान गर्नुपर्ने उनको भनाई छ । यस्तै गाउँपालिका अध्यक्ष सर्केश घलानले अबको शिक्षा सीप र रोजगार संग जोडेर जनताको जीवन स्तर उकास्ने खालको योजना बन्ने बताए । उनले आगामी दिनमा शिक्षा क्षेत्रको बिकासको लागि पालिका सदैब साथमा रहेकोले सबै शिक्षकहरुलाई कर्मनिष्ठ भएर बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्न आह्वान गरे । बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पुर्णबहादुर दर्जीले गाउ टोल सम्म शिक्षा बिकासको अनिवार्य तथा नि:शुल्क शिक्षा पूर्ण लागु गर्न चुनौती रहेता पनि खोजीनीति गरेर समस्याहरु बुझ्दै, अभिभावक, सामाज, सबै क्षेत्रमा सर्बेक्षण गरेर मात्र कर्यान्वयनमा सम्भब रहेको बताए । २०८५ साल भित्रमा अनिबार्य तथा नि:शुल्क शिक्षा पूर्ण कार्यन्वयन गर्ने सरकारको अभियान अनुसार बागमती प्रदेशको १ सय १९ स्थानीय तह मध्ये मकवानपुरको बागमती गाउँपालिका पहिलो गाउँपालिका भएको उनले बताए । यसभन्दा पहिले दोलखा जिल्लामा पूर्ण अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा भएको थियो। पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत् अभिमुखीकरण, घरधुरी सर्वेक्षण, विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन, अभिभावक चेतना कार्यक्रमअन्तर्गत् वडाहरुमा सडकनाटक प्रदर्शन समेत गरिएको थियो । पालिकामा ५० सामुदायिक विद्यालय रहेकोमा हाल ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये पढाइ छाड्ने दर १० प्रतिशत रहेको छ । ६ जना पत्रकार समानित समाचार लेखन मार्फत योगदान पुर्याएको भन्दै मकवानपुरको बागमती गाउँपालिकाले ६ जना पत्रकारलाई सम्मान गरेको छ। गाउँपालिकाले आयोजना गरेको अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा सभामा इन्फो नेपालका भण्डारीसहित ६ जना पत्रकारलाई सम्मान गरेको हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क